वनमन्त्रीद्वारा बरहवा तालको निरीक्षण
रौतहट– वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले आज सदरमुकाम गौरस्थित ऐतिहासिक बरहवा तालको स्थलगत निरीक्षण गरे ।
सो अवसरमा वनमन्त्री सापकोटाले नेपाली सेनाको अगुवाइमा निर्माण कार्य भइरहेको गौर नगरपालिकामा रहेको ऐतिहासिक महत्व बोकेको बरहवा तालको पहिलो चरणको कामको अवलोकन गरी निर्धारित मितिमा कार्य गर्न निर्देशनसमेत दिए ।
सो अवसरमा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका संयोजक वीरेन्द्र यादवलगायतका पदाधिकारीको सहभागिता थियो । सो अवसरमा बरहवा ताल सरोकार समिति संयोजक अजय गुप्ता तथा नेपाली सेनाका पदाधिकारीले पहिलो चरणअन्तर्गत हालसम्म ९० प्रतिशत कार्य प्रगति भइसकेको जानकारी गराएका थिए । उक्त ताल गौर नपा–७ देखि १२,९,२,१ हुँदै भारतसम्म फैलिएको छ ।
उचित संरक्षण र सम्वद्र्धनको अभावमा ओझेलमा पर्दै आएको उक्त तालको सौन्दर्यकरणका लागि राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिबाट प्राप्त रु दुई करोड ३० लाखको लागतमा पहिलो चरणको काम दु्रतगतिका साथ भइरहेकाबारे वनमन्त्री तथा अन्य पदाधिकारीलाई जानकारी गराएको बरहवा ताल सरोकार समिति संयोजक अजय गुप्ताले राससलाई बताए ।
उनका अनुसार उक्त तालको प्रचारप्रसार र प्रवद्र्धन गर्नसके पर्यावरण संरक्षणका साथै बाह्य तथा आन्तरिक पर्यटकको प्रवद्र्धन हुने अपेक्षा छ । उक्त तालको पहिलो चरणको काम आगामी असार मसान्तसम्ममा सकिने जानकारी दिँदै बरहवा ताल सरोकार समितिका संयोजक गुप्ताले तीन चरणमा बरहवा तालको काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
उक्त कार्यमा नेपाली सेनाले विभिन्न उपकरणका माध्यमबाट तालको दुवैतर्फ शौचालय निर्माण गर्ने, डुङ्गा सञ्चालन गर्ने, वनभोज स्थल निर्माण गर्ने, लाइटिङको व्यवस्था गर्ने लक्ष्य रहेको छ । हालसम्म वनभोज स्थल निर्माण तथा लाइटिङलगायतका काम सम्पन्न भइसकेको छ ।
तालको सौन्दर्यकरण भई विकास भए गौरको पनि विकास हुन्छ भन्दै स्थानीयले सरोकारवाला निकायले यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने बताएका छन् ।
तालको प्रचारप्रसार र विकास गर्नसके पर्यटकीय क्षेत्रका रुपमा विकास हुने र यसले स्थानीयको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
बहुआयामिक उद्देश्य पूरा गर्ने लक्ष्यका साथ सुरु गरिएको उक्त योजनाको संरक्षण र सम्वद्र्धनमा नेपाली सेनालाई स्थानीय बासिन्दाले पनि उत्तिकै सहयोग र साथ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण