चितवन जिल्लामा पाँच हजार ६०० मतदाता बढे
चितवन– चितवनमा पछिल्लो चैत महिनामा गरिएको गाउँगाउँको मतदाता नामावली सङ्कलनमा पाँच हजार ५९६ मतदाता बढेका छन् ।
जिल्ला निर्वाचन कार्यालय चितवनले दिएको जानकारीअनुसार चैत २२ गतेसम्म गरिएको नामावली सङ्कलनमा सो सङ्ख्यामा मतदाता बढेका हुन् । जसमा महिला दुई हजार ७७४ र पुरुष दुई हजार ८२२ रहेको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।
यसअघि जिल्लामा दुई लाख ९७ हजार मतदाता रहेका थिए । मतदाताको सङ्ख्या तीन लाख नाघेको छ । जिल्लामा यही चैत १ गतेदेखि गाउँगाउँमा टोली खटाएर नामावली सङ्कलन गरिएको थियो । १९ गतेसम्मको म्याद भए पनि अपुग तीन दिन थप गरेर नामावली सङ्कलन गरिएको ढकालले बताए ।
गाविसस्तरमा दुई दिन र नगरपालिकाका वडामा एक दिन सङ्कलनमा समय लागेको थियो । जिल्लामा अहिले आठ वटा गाविस छन् भने एक उपमहानगरपालिका छ । अन्य छ वटा नगरपालिका छन् ।
जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयमा भने नियमित मतदाता नामावली सङ्कलन हुने जनाइएको छ । तस्बिरसहितको मतदाता नामावली सङ्कलनका कारण दोहोरिने समस्या भने हुँदैन । सङ्कलन गरेर ल्याइएको भए पनि रुजु गर्ने काम बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण