आइएसलाई ध्वस्त पार्नु मेरो पहिलो प्राथमिकता : राष्ट्रपति ओबामा
वासिङ्टन– अमेरिकी राष्ट्रपति बाराक ओबामाले आतङ्कवादी समूह आईसलाई ध्वस्त पार्नु आफ्नो पहिलो प्राथकिता भएको बताएका छन् ।
इस्लामिक अतिवादी आइएसले पछिल्लो समयमा सिरिया र इराकमा आफ्नो आधार गुमाउदै गएको अवस्थामा राष्ट्रपति ओबामाले यो धारणा राखेका हुन् ।
हामीले उनीहरुको नेतृत्वको चियोगर्ने मात्र नभई उनीहरुको आर्थिक सञ्जाल, पूर्वाधारहरुको पनि विशेष सूचना हात पारिरहेकोले उनीहरुको समूहलाई ध्वस्त बनाएरै छोडिनेछ– राष्ट्रपति ओबामाले भने ।
ह्वाइट हाउसमा मङ्गलबार अमेरिकी उच्च सैनिक अधिकारीहरुसँगको बैठकमा राष्ट्रपति ओबामाले अमेरिकाले सो कार्य गर्नुपर्छ र त्यसको नेतृत्व पनि अमेरिकी सेनाले लिनुपर्छ भने ।
सो अन्तरक्रियामा उनले भने– हामीले ती आतङ्ककारीहरुलाई आफ्नो कब्जाभित्र पार्न गइरहेका छौँ र छिट्टै नै तिनलाई हराइछोड्ने छौँ ।
हामीले टर्की र बेल्जियमलाई हेर्दा अझैपनि उनीहरुसँग यस्तो शक्तिशाली हमलाका लागि तागत छ भन्ने देखिन्छ भन्दै तर उनीहरुलाई यसभन्दा अघि बढ्न नदिइने बताए ।
उनले सरकारका विभिन्न निकायबीच समन्वय गर्ने, समन्वयात्मक रुपमा ती विभागका बीचमा काम हुनुपर्ने भन्दै सैनिक कारबाही र गुप्तचर निकायबीचको काम समन्वयात्मक रुपमा हुनुपर्नेमा जोड दिए ।
सिरिया र इराकका दुई सहरमा उनीहरुले मुख्यालय नै राखेर आतङ्क चलाएकोले हामीले ती सहरबाट उनीहरुलाई हटाइसकेका छौँ भन्दै हामीले अब त्यस्ता कुनै पनि सहरमा उनीहरुलाई सञ्जाल विस्तारको काम गर्न दिन नहुनेमा जोड दिए ।
यसबीचमा जारी रहेको आइएसविरुद्धको कारबाहीका क्रममा अमेरिकी सैनिकको समन्वयात्मक प्रयास प्रसंसनीय छ भन्दै तर आगामी दिनमा सैनिक सशक्तिकरणको आवश्यकता छ भने ।
सन् २०१५ देखि विश्वमा नयाँ चर्चामा आएको यस आतङ्ककारी संगठनले पछिल्लो समयमा युरोपलाई बढी तारो बनाउदै आएको छ ।
यस संगठनले गत वर्षमात्र फ्रान्सको राजधानी पेरिसमा हमला गरेको थियो । त्यस्तै गत महिनामात्र बेल्जियमको राजधानी ब्रसेल्समा यस्तै अर्को आक्रमण भएको थियो ।
सुरुमा इराक र सिरियामा सुरु गरिएको उनीहरुको आतङ्क हालका दिनमा भने घट्दै गएको छ । ती देशमा अमेरिकी सैनिकको सशक्त कारबाहीका कारण आक्रमणमा कमी आएको बताइएको छ । आइएस विरुद्धको कारबाहीका लागि संयुक्त राज्य अमेरिकाको समन्वयमा विश्वका कैयौं देशले अभियान चलाएका छन् । युरोपेली देशहरु यसका सदस्यहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण