वुल्फस्वर्गसँग रियल स्तब्ध : १२ वर्षपछि पहिलो पटक क्वाटरफाइनलमा पराजित
काठमाडौं – च्याम्प्यिन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस महारथी रियल म्याड्रिड जर्मन क्लब वुल्फस्वर्गसँग स्तब्ध बनेको छ । बुधबार राती भएको खेलमा रियल २–० ले पराजित भएको हो । बार्सिलोनको ३९ खेलको अपराजित यात्रा टुंगाएर निकै हौसिएको रियलले त्यस अनुरुपको खेल भने प्रस्तुत गर्न सकेन । १२४ औं च्याम्पियन्स लिग खेल खेलिररहेका रोनाल्डोले कुनै जादु देखाउन सकेनन् भने करिम बेन्जेमाले पनि घाइते भएर बाहिरिनुअघि उत्कृष्ट अवसर गुमाएका थिए । निकै उत्कृष्ट काउन्टर अट्याक प्रस्तुत गरेको आयोजक वुल्फस्बर्गले विवादीत पेनाल्टीमार्फत अग्रता लियो । कासिमेरोले आन्द्रे सर्लेलाई फल हाने पछि रिकार्डो रोड्रिगेजले पेनाल्टीमार्फत आफ्नो टोलीलाई अग्रता दिलाए । रियलका गोलकिपर केयलर नाभासले च्याम्पियन्स लिगमा ७३८ मिनेटको खेलपछि पहिलो पटक गोल खाएका हुन् । यसअघि रियलका लागि खेलअवधिभर उत्कृष्ट प्रदर्शन गरेका गेराथ बेलले स्कोर ०–० हुँदा नै पेनाल्टी पाउनुपर्नेमा पाएनन् ।
पहिलो गोल लगत्तै म्याक्स अर्नोल्डले वुल्फस्बर्गका लागि दोस्रो गोल गरे । सन् २००४ पछि क्वाटरफाइनलमा पहिलो पटक रियल पराजित भएको हो । सन् २०१४ को अप्रिल पछि रियल पहिलो पटक २ गोलले पछि परेको हो । उता, बुन्डेस लिगामा लागातर ३ खेलमा जितविहिन रहेको वुल्फस्वर्गको यो प्रदर्शन धेरैले अपेक्षा गरेका थिएनन् । अर्को लेग मंगलबार रियलको घरेलु मैदानमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण