राष्ट्रिय सहमतिको सरकार असम्भवः पोखरेल
झापा– एमाले स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले राष्ट्रिय सहमतिको सरकार सम्भव नभएको बताएका छन् ।
झापा क्षेत्र नम्बर ३ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन झापा आएका पोखरेलले अहिले मिलीजुली सरकार आवश्यक नरहेको बताए ।
प्रेस चौतारी झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकारसम्मेलनमा पूर्वसञ्चारमन्त्रीसमेत रहनुभएका पोखरेलले आफ्नो अग्रसरतामा संविधान जारी गरेको दाबी गर्ने नेपाली काँग्रेसले संविधान कार्यान्वयनको विषयमा भद्र सहमति तोडेकाले राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने दाबी गरे ।
उनले नेपाली काँग्रेसलाई संविधान कार्यान्वयनमा प्रतिपक्षमा बस्न नमिल्ने बताउँदै वचनमा अडिएको काँग्रेस आफूहरुले हेर्ने चाहेको बताए । सरकारको ६ महिना उपलब्धिमूलक रहेको बताउँदै संविधान कार्यान्वयन, पुनःनिर्माण र आर्थिक, सामाजिक विकास अबको सरकारको मुख्य एजेन्डा भएको बताए । उनले कानुन निर्माणमार्फत सङ्घीयतालाई स्थापित गर्न यो सरकार अग्रसर रहेकोसमेत धारणा राखे । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले कूटनीतिक सम्बन्ध स्थापित गर्न सफल भएको उनको भनाइ थियो । उहाँले नेपाल भारत सम्बन्धलाई थप स्थापित गर्न प्रधानमन्त्री केपी ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे । राजनीतिक मुद्दामा रुमल्लिएको नेपाललाई विकासको मुद्दामा केन्द्रित गर्न प्रधानमन्त्री ओली सक्रिय भएकाले अब विकासका मुद्दामा राजनीतिक बहस केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण