शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आज घोडेजात्रा मनाइँदै

बिहीबार, २५ चैत २०७२, १० : २२
बिहीबार, २५ चैत २०७२

काठमाडौँ– प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत, पिशाचलगायत नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा आज मनाइँदैछ ।

चैत कृष्ण चतुर्दशीको दिनलाई पिशाच चतुर्दशी भनिन्छ । परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत, पिशाच नामका ‘कु’ तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन यी तत्वलाई केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँसीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको हो ।

चैतकृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचलाई बुझाइने र त्यति गर्दा पनि नजानेलाई औँसीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

“विशेषगरी बालबालिकालाई किचकन्नी, मूर्कट्टा आदि नामका नकारात्मक तत्वले दुःख नदिऊन् भनी यो पर्वमा सहरभर घोडा कुदाउने गरिन्थ्यो, घनाबस्ती विस्तार भएपछि हाल टुँडिखेलमा मात्र कुदाउन थालिएको छ”, उनले भने । पहिले भूत, प्रेत आदि नकारात्मक तत्वका कारण कालीमाटी क्षेत्रका मानिससमेत स्यूचाटारको कुनामा जग्गा लिएर बस्ने गरेको काठमाडौँवासी बताउँछन् ।

घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन छ । यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा आजका दिन सार्वजनिक बिदासमेत दिने गर्छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप