शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीमतीलाई अगुल्टोले हान्ने पक्राउ

बिहीबार, २५ चैत २०७२, १० : २६
बिहीबार, २५ चैत २०७२

नुवाकोट– श्रीमतीलाई अगुल्टोले हानी गम्भीर घाइते बनाउने लोग्ने किम्ताङ–८ का ५२ वर्षीय श्रीमान घलेलाई प्रहरीले पक्राउ गरेको छ । ४८ वर्षीया श्रीमती सकुन्तला घलेलाई बलिरहेको अगुल्टोले प्रहार गरेर घाइते बनाई घरमै राखेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

घाइते सकुन्तलालाई स्थानीयवासीले उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार गराएकोमा गम्भीर घाइते भएकाले थप उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

मङ्गलबार राती ९ बजे श्रीमान्ले घरायसी वादविवादको कारण बलिरहेको अगुल्टोले मुख, दुवै तिघ्रा र गुप्ताङ्गमा प्रहार गरी सकुन्तलालाई घरमै लुकाइराखेको अवस्थामा स्थानीयवासीको सूचनाका आधार घाइतेको उद्धार गरी अभियुक्तलाई बुधवार गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषि खनालले बताए । आरोपितलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिने प्रहरीले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप