शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दश रोपनीमा भानुभक्तको घर

बिहीबार, २५ चैत २०७२, १० : ३१
बिहीबार, २५ चैत २०७२

तनहुँ– नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको भानु नगरपालिका–५ चुँदी रम्घामा भानु घर निर्माण गरिने भएको छ ।

उक्त घर निर्माणका लागि करिब १० रोपनी क्षेत्रफल जग्गाभित्र भानुको घरसहित पोखरी, फूलबारी, होमस्टे, धर्मशाला, सङ्ग्रहालय, भ्यू टावर, चौतारी लगायतका पूर्वाधार निर्माण गरिने भानु जन्मस्थल विकास समितिका अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिए ।

उक्त भवन निर्माणका लागि करिब ६८ लाख रुपैयाँको लागतमा निर्माण हुने पनि अध्यक्ष पाण्डेले बताए । भानु गृह निर्माणका लागि विगत दुई–तीन वर्षअघि पश्चिमाञ्चल विकास मञ्चले अध्ययन गरेको थियो ।

साहित्यिक पर्यटकीय स्थलका रुपमा विकास गर्न उक्त स्थानलाई भानुग्राम बनाउने उद्देश्यले मञ्चले गुरुयोजना बनाएको छ, जसअनुरुप भानुको घर दुईतलाको हुनेछ । २०६१ सालको जेठमा आगलागी हुँदा भानुको खरले छाएको घर खण्डहरमा परिणत हँुदै गएको थियो । उक्त भवन निर्माण गर्न हालै मात्र भवनको शिलान्याससमेत गरिसकिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप