शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संस्कार तोड्दै मलामी जान थाले महिला

बिहीबार, २५ चैत २०७२, १० : ४२
बिहीबार, २५ चैत २०७२

अछाम– पुरानो संस्कारलाई तोड्दै अछामका महिला मलामी जान थालेका छन् । पुरानो संस्कारलाई तोड्दै अछामको पूर्वी क्षेत्रका महिला मलामी गएका हुन् ।

मानिसको मृत्यु भएपछि पुरुषले मात्र मलामी जाने प्रचलन रहेको अछाममा पछिल्लो समयमा महिला मलामी जान थालेका हुन् । जिल्लाको ग्रामीण क्षेत्र कुइका–४ का गौरीकान्त तिमिल्सिनाको ७० वर्षको उमेरमा मृत्यु हुँदा सोही गाविस–४ का महिला मलामी गएका हुन् ।

“हामीलाई मलामी जानबाट वञ्चित गराउने पुरानो परम्परालाई हामीले तोडेका छौं हामी मलामी गएर फर्कियौँ, हामीलाई केही भएन, अब गाउँमा महिला–पुरुष जस्को मृत्यु भएपनि हामी मलामी जान्छौँ”, स्थानीय गोमा तिमिल्सिनाले भनिन् मानिसको मृत्यु हुँदा दाहसंस्कार गर्न छोरा अर्थात् पुरुष मात्र जाने प्रचलन रहिआएको समाजमा महिला मलामी जानुलाई समयअनुसारको परिवर्तनका रुपमा हेरिएको छ । मानिसको मृत्यु हुँद्या घर नजिकै शवलाई टाढैबाट हेरेर फर्किने गरेका महिला समयको परिवर्तनसँगै मलामी बनी घाटमा पुगेर फर्किन थालेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप