शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अबको आन्दोलन नाका केन्द्रित हुँदैनः महतो

बिहीबार, २५ चैत २०७२, १० : ५६
बिहीबार, २५ चैत २०७२

वीरगन्ज– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वैशाखदेखि गर्ने भनिएको आन्दोलन नाका केन्द्रित नभई सिंहदरबार केन्द्रित हुने बताउका छन् ।

“हामीले वार्ता र संवादबाट समस्याको निकास खोज्न चाहेका छौँ, तर सरकार गैरजिम्मेवार छ, जनताले अप्ठ्यारो भोगेको आन्दोलनको सम्बोधन गर्नुपर्छ भन्नेभन्दा पनि बल प्रयोग गरेर आन्दोलन तुहाउने षड्यन्त्रमा लागेको छ” – बुधबार यहा“ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने ।

उनले थपे – “सर्वसाधारणलाई अप्ठ्यारो नपर्ने तर सरकारलाई बढी असर पर्ने सिंहदरबार केन्द्रित आन्दोलनको तयारीमा जुटेका छौँ ।”

मधेस आन्दोलन तुहिएको वा सकिएको नभई त्यसको स्वरुप मात्र फेरिएको र वैशाखदेखि त्यसलाई नयाँ स्वरुप दिइने उनको दाबी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप