कानुन व्यवसायी भन्दै ठगी गर्नेलाई अदालत प्रवेशमा रोक
काठमाडौँ– ललितपुर जिल्ला अदालतले कानुन व्यवायी हुँ भन्दै ठगी गर्ने मनोहर तिवारीलाई अदालत प्रवेशमा रोक लगाएको छ । ललितपुर जिल्ला अदालतका स्रेस्तेदार बाबुराम दाहालले बुधबार सार्वजनिक गरेको सूचनामा तिवारीले मुद्दा मिलाइदिन्छु भनेर न्यायाधीश तथा कर्मचारीबाट मोटो रकम लिने गरेकोे र कानुन व्यवसायीका नाममा विचौलिया काम गरी न्यायपालिकाको गरिमा धमिल्याउने काम गरेको हुँदा अदालतमा प्रवेश निषेध गरेको उल्लेख छ । सूचनामा भनिएको छ– “तिवारी अधिवक्ता, अभिवक्ता, अभिकर्ता केही पनि नभई विचौलियाको काम गरेर न्यायपालिकाको गरिमा धमिल्याउने काम गरेको हुँदा अदालतले वादी वा प्रतिवादी भई मुद्दाको तारेख चलेको मुद्दाको तारेखबाहेक अन्य दिनमा निजलाई अदालतमा प्रवेश रोक गरेको छ ।” तिवारीले आफू कानुन व्यवसायी हँु भनेर अदालतको इजलास, मुद्दा दर्ता शाखा, अभिलेख शाखा एवम् मुद्दा शाखामा जाने गरेको तर निज कानुन व्यवसायी नभएको कानुन व्यवसायी परिषद्बाट पुष्टि भएको सूचनामा उल्लेख छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण