दोहोरो सुबिधा खोज्ने कर्मचारीमाथि कडाई
म्याग्दी – जिल्ला विकास समितिको कार्यालय म्याग्दीले दोहोरो सुबिधा दावी गर्ने कर्मचारीमाथि कडाई गरेको छ ।
विषयगत कार्यालय, परियोजना र संघ संस्थाको खर्चमा उनिहरुको कार्यक्रममा सहभागि हुन जाने कर्मचारीले कार्यालयबाट पनि भ्रमणभत्ताको दावी गर्न थालेपछि कडाई गरिएको हो । दोहोरो सुबिधा लिने प्रवृतीलाई नियन्त्रण गर्न जिविसले आधिकारीक पत्रबिना आफ्ना कर्मचारीलाई कुनै पनि कार्यक्रममा सहभागि नगराउन पत्राचार गरेको छ ।
कार्यालयमा जानकारीनै नगराईकन एनजिओ, आईएनजिओ, विषयगत कार्यालयको कार्यक्रममा सहभागि हुन जाने, उनिहरुबाट सुबिधा लिने र कार्यालयबाट पनि दैनिक भ्रमणभत्ता दावी गर्ने प्रवृती समस्याको रुपमा देखिएपछि नियन्त्रणका लागि बाध्य भएर पत्राचार गरेको स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले बताए ।
यसै महिनाको पहिलो हप्ता जिविसले म्याग्दीका सबै विषयगत कार्यालय, गैरसरकारी संघ संस्था, परियोजनाहरुलाई कार्यालयको प्रतिनिधित्व गराउँदा पत्रमार्फत पुर्वजानकारी गराउन र आधिकारीक पत्रबिना कुनै पनि कर्मचारीलाई सहभागी नगराउन आग्रह गरेको छ । संघ संस्था र विषयगत कार्यालयहरुले पनि कार्यालयलाई जानकारी नगराइकन आफूलाई मनपरेको कर्मचारीलाई कार्यक्रममा सहभागि हुन बोलाउने गरेको देखिएको छ ।
कर्मचारीले विभिन्न बाहना बनाएर कार्यालयमा नबस्दा प्राबिधिक र प्रशासनीक, सेवा प्रवाह प्रभावित हुने, ढिलासुस्ती हुने तथा दोहोरो सुबिधाका कारण राज्यको स्रोत दुरुपयोग भएको छ । कतिपय कर्मचारीले घरायसी काम र बिरामी भएको बाहना बनाएर एनजिओका कार्यक्रम, विषयगत कार्यालयको तालीम र बैठकमा सहभागि हुने गरेको स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो । जिविसको यस्तो निर्णयपछि कर्मचारीहरु कार्यालयमै बसेर काम गर्ने वातावरण बन्न थालेको छ ।
ढिलासुस्ती भएको गुनासो कम भएको जनाइएको छ । यद्यपी प्राबिधिक कर्मचारीहरुले भनेको समयमा सर्वेक्षण, नक्साङ्कन् र मूल्याङ्कनको काम नगरेको भन्ने गुनासो भने कम भएको छैन् । जिविसमा रोगको रुपमा रहेको ‘शौचालय गएर आउ भन्दा पनि डिएडीए दावी गर्ने’ प्रवृतीलाई निरुत्साहीत गर्न सरोकारवाला पक्षहरुको पनि सहयोगको अपेक्षा गरेको जिविसको स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण