चितवनलाई मेडिकल सिटी बनाउन सकिने
चितवन– स्वास्थ्य राज्यमन्त्री मुस्ताक आलमले देशको मध्यभाग भएको र स्वास्थ्य सेवाको पनि विकास भएकाले चितवनलाई मेडिकल सिटीका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले यस सन्दर्भमा मन्त्रालयमा गम्भीररुपमा छलफल अघि बढेको बताए । देशका विभिन्न क्षेत्रबाट बिरामी आउनका लागि यातायातको सुविधा भएको तथा सहज दूरी भएको भन्दै उनले यहाँका स्वास्थ्य सेवा पु¥याउने अस्पताल र मेडिकल कलेजहरुको स्तर बढ्दो भएकाले मेडिकल सिटीका रुपमा विकास गर्न सहज हुने बताए ।
तराई र पहाडलाई सहजै जोड्न सक्ने गरी यातायात सञ्जाल चितवनसँग जोडिएको छ । पछिल्लो समय चिकित्सकले सरकारी अस्पतालमा कम समय दिएको भन्ने गुनासो आएको बताउँदै उनले आउँदो साताबाट अनुगमनमा कडाइ गरिने बताए। मन्त्री आलमले सरकारले तोकेको समय अस्पतालमा नदिने डाक्टरलाई कारबाही गरिने भन्दै उहाँले सरकारी अस्पतालको अनुगमनमा पनि कडाइ गरिने बताए ।
सरकारले स्वास्थ्य सेवामा ठूलो लगानी गरेको भएपनि सोचेजस्तो प्रतिफल पाउन नसकेको भन्दै उनले सरकारी स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन मन्त्रालय लागिपरेको बताए । मन्त्री आलमले गरिब जनताले आर्थिक अभावका कारण स्वास्थ्य सेवा लिनबाट वञ्चित हुन नहुने भन्दै स्वास्थ्य सेवा सर्वसुलभ बनाउने सरकारको योजना रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण