स्टेजमा सर्पले टोक्दा पप गायिकाको निधन
काठमाडौं – स्टेजमा प्रस्तुति दिइरहेको बेलामा सर्पले टोकेपछि इन्डोनेसियाली पप गायिका इर्मा ब्लुको निधन भएको छ । सर्पले टोकेपनि ४५ मिनेटसम्म उनले प्रस्तुतिलाई निरन्तरता दिएको तर अन्ततः स्टेजमा ढल्दै मृत्यु भएको मिडिया रिपोर्टमा उल्लेख छ । २९ वर्षीय गायिका स्टेजमा विषालु सर्पहरुको साथ कार्यक्रम गर्नका लागि चर्चित थिइन् । तर, केही दिन अघि वेस्ट जाभास्थित कारावाङ गाउँमा प्रस्तुति दिइरहेको बेला उनले ल्याएको रिआन्ती नाम गरेको किङ कोब्रा सर्पले उनैलाई टोकेको थियो ।
उक्त कार्यक्रमको दर्शकमध्ये एक फलान्डो ओक्टाभियोन अजुराले एक स्थानीय वेवसाइटसँग कुरा गर्दै भनेका छन्, ‘उनले दोस्रो गीत गाउँदै गर्दा सर्पले उनको तिघ्रामा टोको थियो ।’ गायिकाले उक्त सर्पको दाँत निकालेको अनुमान गरे पनि सर्पको दाँत अझै रहेको कारण दुर्घटना भएको उल्लेख छ । गायिकाले कार्यक्रममा यसअघि पनि पाइथन, बोआ कन्सट्रिक्टरजस्ता सर्पहरु प्रयोग गर्ने गरेकी थिइन् । कोब्राले टोकेपनि उनले एन्टिडोट लिन नमानेको समाचारमा उल्लेख छ । स्टेजमा ढलेकी उनलाई अस्पतालमा पुर्याउँदा मृत घोषित गरिएको थियो । प्रहरीले यस विषयमा अनुसन्धान गरिररहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण