शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भूकम्पपीडितलाई काम लगाएर डेढ करोड प्रदान

बिहीबार, २५ चैत २०७२, ११ : ५६
बिहीबार, २५ चैत २०७२

नुवाकोट– भूकम्पपीडितलाई राहतस्वरुप स्थानीयस्तरमा काम लगाई नगद रकम दिने कार्यक्रममा कामका लागि नगद कार्यक्रमअन्तर्गत मदानपुरका भूकम्पपीडितलाई रकम प्रदान गरिएको छ ।

बुधबार मदानपुर गाविसमा आयोजित कार्यक्रममा गाविसभरिका एक हजार ७०६ जना भूकम्पपीडितलाई रकम प्रदान गरिएको हो । कामका लागि नगद कार्यक्रमअन्तर्गत आफ्नै टोल–बस्तीको बाटो, सडक, सिँचाइ कुलो, विद्यालय मर्मत र निर्माण गर्ने काममा खटिएकालाई रकम प्रदान गरिएको स्थानीयवासी श्रीराम नेपालले जानकारी दिए ।

भूकम्पपीडितलाई सहयोग पुर्याउने उद्देश्यले २० दिन काममा लगाइएको थियो । दिनको ४६० को दरले रकम प्रदान गरिएको हो । प्रतिव्यक्ति नौ हजार २०० रुपैयाँ प्रदान गरिएको थियो । गाविसका कामका लागि नगद कार्यक्रमले एक करोड ५६ लाख ९५ हजार २०० रुपैयाँ प्रदान गरिएको हो । अक्सफामको सहयोगमा सञ्चालित कार्यक्रमको स्थानीय साझेदारका रुपमा सामुदायिक तथा ग्रामीण विकास समाज नेपाल कार्डसनले काम सञ्चालन गरेको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप