शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सवारी दुर्घटनामा दुई विद्यार्थीसहित पाँच गम्भीर घाइते

बिहीबार, २५ चैत २०७२, ११ : ५९
बिहीबार, २५ चैत २०७२
गौशाला, चैत २५– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा एसएलसी परीक्षा दिलाउन गइरहेको दुईवटा मोटरसाइकल आज बिहान ७ः३० बजे एकआपसमा ठोक्किँदा दुई विद्यार्थीसहित पाँचजना गम्भीर घाईते भएका छन् । जलेश्वर नगरपालिका–१ स्थित राविम क्याम्पसअगाडि विद्यार्थी बोकेको ज ७ प ५४५१ र बा ४८ प ३६३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई विद्यार्थीसहित पाँचजना गंभिर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइतेहरुमा ज ७ प ५४५१ नम्बरको मोटरसाइकलमा चढी थरुवाही माविबाट परीक्षा दिन महेन्द्र आदर्श महिला मावि जलेश्वर आउँदै गरेको जिल्लाको नैन्ही–८ बस्ने १८ वर्षीय विकास कुमार मण्डल, उनकी बहिनी विद्यार्थी १६ वर्षीया प्रियङ्का कुमारी र उनकी भाउजू २५ वर्षीया सरिता देवी कापर रहेका छन् । त्यस्तै, बा ४८ प ३६३५ नम्बरको मोटरसाइकलमा विद्यार्थी बोकी मावि बखरीभाठ गइरहेको जलेश्वर–१ बस्ने २० वर्षीय कर्णकुमार राम र उनले पैदल हिँडेर जाँदै गरेको बालिकालाई ठक्कर दिएको जलेश्वर–५ बस्ने बेचन साहकी छोरी १७ वर्षीया मधुकुमारी साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । दुर्घटनामा परी कर्णकुमार राम, मधुकुमारी साह, सरितादेवी कापर र विकासकुमार मण्डल गम्भीर घाइते भएकाले उनीहरुले कर्णकुमार रामलाई विशेष उपचारका लागि भारतको सीतामढी लगिएको छ भने अरूको उपचार महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ । प्रियङ्का कुमारी गम्भीर भएर पनि प्राथमिक उपचारपछि परीक्षा दिन गएकी छन् । यसैबीच, प्रहरीले दुवै मोटरसाइकल आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुवै मोटरसाइकल तीव्रगतिमा रहेको कारण एकआपसमा ठोक्किएको थियो र बाटो हिँड्ने एक छात्रासहितलाई ठक्कर दिँदा उनीसमेत पाँचजना गम्भीर घाइते भएका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप