शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रौतहटमा मधेश संस्कृतिक नाच महोत्सव

बिहीबार, २५ चैत २०७२, १२ : ०९
बिहीबार, २५ चैत २०७२

रौतहट – इतिहाँसमै पहिलो पटक रौतहटको मौलापुर बजारमा मधेश संस्कृतिक नाच महोत्सवको आयोजना गरिएको छ । मधेशका सबै भाषा भाषीहरुको परम्परगत चलन र सभ्यताको जर्गेना गर्ने उदेश्य अनुरुप रौतहट संसदिय निर्वाचन क्षेत्र नम्बर तिनबाट प्रतिनिधित्व गर्ने सांसद प्रभु साहको सकृयतामा १० दिने मधेश संस्कृतिक नाच महोत्शवको आयोजना गरीएको हो । बुधबार एक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि सिडिओ नरहरी आचार्य र कार्यक्रमका बिशिष्ट अतिथि एलडिओ बन्दना झाले एक समारोह बिच संयुक्तरुपले पानसमा बती बालेर महोत्सवको शुभारम्भ गरेका थिए । शन्त कवि भिनकराम बाबा तथा शहीद बीदुर भगतको स्मृतीमा आयोजित समारोहको उदघाटन समारोहमा मधेशका संस्कृती संग जोडिएका बिभिन्न क्षेत्रका बिशिष्ट ब्यक्तीत्वलाई एउटै मञ्चमा राखेर नाच मार्फत मधेशी संस्कृतीको संरक्षण संबद्र्धन गर्ने पहल गरीएको आयोजक कमिटिले जनाएको छ । उक्त अवसरमा सिडिओ बरालले भौतिक निर्माणले मात्रै बिकास पुरा नहुने यस प्रकार संस्कृतीको जगेर्ना तथा महिला बादबालीकाको बिाकाशको लागी आयोजित महोत्सवका आयोजकलाई धन्यबाद दिएका थिए । दुईसय बर्षअघि ईतिहाँसका रचियता बाबा भिनकरामको सबैक्षेत्रमा पहिचान बनाउन नेपालको पाठय पुस्तकमा समावेश गरीनुपर्ने उनले बताए । यस्ता कार्यक्रमले महिला तथा बालबालिकाको सशक्तिकरण हुने भएकाले आयोजकको सराहना गरेका थिए । सञ्चारकर्मी एवं साहित्यकार आनन्द गुप्ताले कबी भिनकराम सलार्हीको सहोर्वामा जन्मेर रौतहटको राजपुरमा समाधी लिएको बताए । कवि भिनकरामले आफनो जिवनकालमा चारसय भन्दा बढी पुस्तकको रचना गरेको ईतिहास बताउदै उनीद्धारा रचित पुस्तकहरु भारतको बिभिन्न बिश्वबिधालयहरुमा अध्यापन हुनेगरेको जानकारी गराएका थिए । भिनकरामको बारेमा आफुले अध्ययन अनुसंधान गरीरहेको खुलासा गर्दै आदीकबी भानुभ्कत भन्दा पहिलो ईतिहाँश रचेका भिनकरामलाई पनी नेपाल सरकारले आदीकबीको सम्मान दिनुपर्नेमा जोर दिएका थिए । नेपालकै पहिलो साउण्ड ईन्जिनियर एवं फिल्म निर्माता आलोक तिवारीले नाच मनोरञ्जनको साधन मात्र नभई मानवको जन्मकाल देखीको सभ्यता रहेको बताए । भारतिय फिल्म अभिनेता अमिताभ बच्चन तथा नेपाली अभिनेता राजेश हमालले कुनै गितमा नाच गरेका सबै दर्शकले ताली बजाएर वाह वाह गर्ने तर नाचका कुनै कलाकारले उनीभन्दा राम्रो कला देखाउदा पनी हास्यको पात्र हुनेगरेको दुखेसो पोखेका थिए । मधेश संस्कृती नाचका कलाकारहरु मधेशको सभ्यताको संवाहक भएकाले उनीहरुको सम्मान हुनुपर्ने बताए । पहाडमा बिभिन्न महोत्शव तथा पहिचान संस्कृती,सभ्यतासंरक्षणमा संस्कृती मन्त्रालयले हेरेको जस्तै मधेश संस्कृतीक नाचको जगेर्नामा हेरीनुपर्ने बिचार राखेका थिए । कार्यक्रममा भोजपुरी गाईका पुनम शर्मा,रिन्कु जयसवाल,अनमोल उपाध्याले भा्जपुरी गीत,भजन,र चैतावर गित गाएर अतिथिको स्वागत तथा मनोरञ्न गराएका थिए । नेपाली चलचित्रकी नाईका तथा मोडेलद्धय निशा थापा अंजना कालिकोटको उपश्थितीले पनी कार्यक्रम थप आकर्षणको केन्द्र बनेको थियो । नाच महोत्सवमा कपीलबुस्त देखी धनुषासम्मका गरी कुल १०वटा नाच समुहले आ–आफ्नो कला प्रदर्शन गर्नेछन् । प्रदर्शनमा प्रथम हुनेलाई एकलाख एक हजार, दोसो्रलाई ५१ हजार तथा तेस्रोलाई ३५हजार नगद पुरस्कार दिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप