विश्व स्वास्थ्य दिवसको अबसरमा दौड प्रतियोगिता
बिहीबार, २५ चैत २०७२, १२ : १२
डोटी–विश्व स्वास्थ्य दिवसको अबसरमा डोटीमा दौड प्रतियोगीताको कार्यक्रम गरिएको छ ।
कार्यक्रममा सहभागी सिलगढीको जिरो प्वाईन्टबाट जिल्ला अस्पतालसम्म दौडिएका थिए । दौडमा प्रथम, दृतिय र तृतिय हुनेलाई सम्मान समेत गरिएको थियो । ‘मधुमेहको रोकथाम गरौं, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौं’ नाराका साथ बिश्वभर मनाईएको यो दिबस डोटीमा पनि मनाएको हो ।
मधुमेह कम गर्नका लागी शाररिक ब्यायम पनि आबश्यक हुने भएकाले बिश्व स्वास्थ्य दिबसको अबसरमा नयाँ ढंगबाट कार्यक्रम मनाएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
डोटी जिल्लामा पनि मघुमेह रोगका बिरामीहरु बढेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य अधिकृत रिता भण्डारीले बताइन् ।
खानापान तथा ब्यायममा ध्यान दिनेहो भने मधुमेह रोगको समस्याबाट सजिलै बच्न सकिने उनको दाबी रहेको छ ।
नेपालमा हाल १३ लाख भन्दा बढी मधुमेहका रोगीहरु रहेको अनुमान छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा २० देखि ७९ वर्षका मानिसहरुमा मधुमेह रोग सबैभन्दा बढी रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा मोटोपनाका कारण १६ दशमलव ७ प्रतिशत मोटोपनाका कारण मधुमेह हुने गरेको पाइएको छ ।
सन् १९४८ मा विश्व स्वास्थ्य संगठनको स्थापना भएको दिनको अवसरमा हरेक वर्ष ७ अप्रिलमा विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । यस वर्ष मधुमेहको यो बयावह अवस्था कम गर्नका लागि विश्व स्वास्थ्य संगठनले ‘मधुमेहको रोकथाम गरौं, समयमै उपचार गरी आफ्नो नियन्त्रणमा राखौं’ भन्दै विश्व स्वास्थ्य दिवस मनाउन लागिएको हो ।
दिबसमा अबसरमा जिल्लाको कालिकास्थान गाबिसको मौवा, मुडेगाउँ र छतिवन गाबिसको बुडरमा पनि कार्यक्रमको आयोजना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण