गाबिस सचिव आन्दोलित
कालिकोट – कालिकोटका गाबिस सचिवहरुले अत्याधिक कार्यबोझ भएको भन्दै आन्दोलनका कार्यक्रम शुरु गरेका छन् । कार्य बिवरण नतोकि सबै मन्त्रालय र केन्द्रीय काम गाबिस सचिवहरुलाई लगाउने गरिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । गाबिस सचिवहरुले कार्य बिवरण तोक्न र कार्य सम्पादनको आधारमा भत्ता दिन पनि माग गरेका छन् । त्यस्तै जिल्लामा एउटा गाबिस सचिवले ३ वटासम्म गाबिसको जिम्मेवारी लिनु परेको, एक गाबिसमा एक जना सचिवको मात्र काम पाउनुपर्ने माग गरिएको गाबिस सचिव हकहित संरक्षण केन्द्र नेपालका जिल्ला कार्य समिति कार्यबाहक अध्यक्ष गणेश रिजालले बताए । २०७३ सालको वैसाख १५ गते सम्म मन्त्रालय संग भएका सहमतिहरु कार्यान्वयन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । साथै एक विज्ञप्ती जारी गर्दै तत्काल एमसीपीएम नगर्ने, एक गाविस एक सचिव काम गर्ने र थप गाविस जिम्मा लिएको गाविसको छाप संकलन गरी जिल्ला विकास समितीमा बुझाउने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण