शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पीडितको सहयोग नभए सत्य निरुपण आयोग सफल हुँदैनः अध्यक्ष गुरुङ

बिहीबार, २५ चैत २०७२, १२ : १९
बिहीबार, २५ चैत २०७२
काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सुर्यकिरण गुरुङले पीडितको विश्वास र सहयोग भएन भने आयोग सफल हुन नसक्ने बताएका छन् । स्थानीय शान्ति समितिका कर्मचारीहरुको लागि आयोजित तालिमको आज राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान ललितपुरमा उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । अध्यक्ष गुरुङले द्धन्द्धका घटनाहरु छानविनको कार्य सुरु गरेको र स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी लिनको लागी कार्यायलय तोकेको कारण स्थानीय शान्ति समितिका कर्मचारीहरुलाई पीडित मैत्री भएर पीडितको उजुरी संकलन गर्न आग्रह गरे । उनले आयोग सफल भएन भने देश फेरी अर्काे द्धन्द्धमा फस्न सक्ने चिन्ता व्यक्त गरे । कार्यक्रममा द्धन्द्धपीडित राष्टिय समाजका अध्यक्ष कुल बहादुर गुरुङले माओवादीद्धारा आफ्नो जग्गा अझै सम्म फिर्ता नभएकोमा गुनासो व्यक्त गरे । गुरुङले सत्य आयोगले मेरो लगायत अन्य पीडित परिवारको कुरालाई निष्पक्ष रुपमा छानविन गरि सत्य तथ्य बाहिर ल्याउन आग्रह गरे । कार्यक्रममा काग्रेस नेता समेत रहेका गुरुङले आयोगको कार्यक्रममा सम्बोधन गर्दै जग्गा कब्जा सम्बन्धि कुरा राखेपछि जग्गा कब्जा ठूलो की व्यक्तिको हत्या हुनु ठूलो हो भनि पीडित परिवारले प्रतिप्रश्न गरेका थिए । द्धन्द्धको क्रममा घटेका जघन्य मानवअधिकार उल्लघनका घटनाको सत्य तथ्य पत्ता लगाउन गठित आयोगले पीडितको उजुरी संकलनको लागि कर्मचारीको सीप सिकाउन तालिमको आयोजना गरिएको आयोगका सदस्य श्रीकृष्ण सुवेदीले जानकारी दिए । सदस्य सुवेदीका अनुसार तालिममा पीडितको उजुरी संकलनको व्यवस्था र कानुन, उजुरी फारम भर्ने तरिका पीडितको वयानको गोपनियता र छानविनमा अपनाउनु पर्ने गोपनियताको बारेमा प्रशिक्षण दिईने छ । विस्तृत शान्ति सम्झौता अनुसार आठ बर्ष पछि गठन भएको आयोगले यहि बैशाख २ गते देखि जेठ मसान्त सम्म जिल्ला स्थित स्थानीय शान्ति समितिको कार्यालयमा उजुरी आव्हान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप