भीरबाट लडेर मृत्यु हुने क्रम बढेपछि काँडेतार
बिहीबार, २५ चैत २०७२, १२ : ४१
तनहुँ– तनहुँको भिमाद गाविस वडा नं १ स्थित ग्रामिण तालिम केन्द्रको दक्षिण पश्चिमको भिरबाट लडेर मानिसको मृत्यु हुने क्रम बढेपछि काँडेतार लगाउने कार्य अघि बढाइएको छ ।
भिमाद गाविसका युवाले सामाजिक उत्तरदायित्वका लागि युवा समूह गठन गरेर काँडेतार लगाउने कार्य सुरु गरेको समूहका संयोजक सुदिपबन्धु भण्डारीले बताए ।
करिब रु चार लाखको लागतमा ३५० मिटर भिरमा बार निर्माण सुरु गरिएको भण्डारीले बताए । उक्त काँडेतारको बार निर्माण गर्न भिमाद गाविसबाट रु ५० हजार र अन्य चन्दा सङ्कलन गरी कार्य थालिएको हो ।
काँडेतारको बारका लागि मजबुत बनाउन फलामे एङ्ग्लको रड गाडिएको पनि अध्यक्ष भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण