शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नामिबियाविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

बिहीबार, २५ चैत २०७२, १३ : १२
बिहीबार, २५ चैत २०७२

काठमाडौं– विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिवियाविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। आईसीसीको निर्देशन अनुसार गठन गरिएको तीन सदस्यीय छनोट समितिले पारस खड्काको कप्तानीमा १४ सदस्यीय खेलाडीको घोषणा गरिएको हो। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवका प्रेस सल्लाहकार रोहित दाहालका अनुसार टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सागर पुन, नरेश बुढायर, शरद भेषावकर र विनोद भण्डारी तथा यू–१९ राष्ट्रिय टोलीका कप्तान राजु रिजालसहित सन्दिप लामिछाने र सुशन भारी परेका छन् ।

यस्तै बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी र राजेश पुलामी , विक्रम सोव पनि टोलीमा परेका छन् भने दिपेन्द्रसिंह ऐरी, प्रेम तामाङ र अनिल मण्डल बैकल्पिक खेलाडीमा छनोट भएका छन् ।

नेपाल र नामिबियाबीचको खेल आगामी वैशाख ४ र ६ गते कीर्तिपुर मैदानमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप