शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रको स्वतन्त्रतालाई अझै सुदृढ गर्दैछौंः प्रचण्ड

बिहीबार, २५ चैत २०७२, १३ : ५६
बिहीबार, २५ चैत २०७२

काठमाडौं–एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रको स्वतन्त्रतालाई अझै सुदृढ गर्ने काममा लागेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडा, कोटेश्वरमा आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान प्रारम्भिक साधारण सभालाई आज सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रचण्डले भने, ‘प्राप्त उपलब्धीको संस्थागत गर्ने, जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको तयारीमा जुटेका छौं । माओवादी आन्दोलनको पुनः एकीकरण गर्ने र संविधानको कार्यान्वयनको निम्ति राष्ट्रिय एकता कायम गर्ने कार्यमा जुटेका छौं ।’

अध्यक्ष प्रचण्डले पोष्टबहादुर बोगटी सरल मृदुभाषी र पारदर्शी भएको बताए । उनले भने , ‘पार्टीको सबै गतिविधि, राष्ट्रको बारे र जीवनका सबै पाटाहरुमा खुलेर भन्न सक्ने व्यत्तित्व हुनुहुन्थ्यो । साथै समस्याको सकारात्मक ढंगले निश्कर्ष निकाल्ने व्यक्तित्व हुनुहुन्थ्यो ।’

एमाओवादीले पोष्ट बहादुर बोगटी स्मृती प्रतिष्ठानको अध्यक्षमा कृष्ण बहादुर महरालाई चयन गरेको छ । करिब ६ महिनाअघी महराको नेतृत्वमा गठन भएको प्रतिष्ठानको प्ररम्भिक साधारणसभा सम्मन्न गर्दै एमाओवादीले बोगटी सहितको कार्यसमिती चयन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा हित बहादुर तामाङ, महा–सचिवमा निर्मल आचार्य र सदस्यहरुमा राममाया बोगटी, पुर्णा सुवेदी, धर्मशिला चापागाईं, प्रभा बोगटी र अम्बिर गुरुङ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप