शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुर्ननिर्माणमा प्रशासनकै अवरोध !

बिहीबार, २५ चैत २०७२, १४ : ४३
बिहीबार, २५ चैत २०७२

धादिङ– धादिङको कल्लेरीमा व्यक्तिको जग्गामा रहेको बालुवालाई उत्खनन गर्ने विषयमा विवाद उत्पन्न भएको छ । कल्लेरी १ फोस्रेटारस्थित स्थानीय कुमार खतिवडा र होमप्रसाद खतिवडाको नीजि जमिनमा रहेको बालुवा उत्खनन गर्ने विषयमा विवाद उत्पन्न भएको हो । सो बालुवा निःशुल्क रुपमा स्थानीय विद्यालय र केहि स्थानीयलाई दिँदा स्थानीय केहि उच्छृंखल समुहले विरोध गरेको र प्रशासनमा समेत उजुरी गरिएको एक स्थानीयले बताए । उनका अनुसार बालुवाको ढिस्कोलाई खारेर घर निर्माण खरिनुपर्ने भएपछि माटो मिसिएको उक्त बालुवा खतिवडाद्वयले खाल्टेमा रहेका विद्यालय तथा स्थानीयलाई निःशुल्क दिएका थिए । तर, उच्छृंखल समुहले अवैध रुपमा बालुवा निकालेर व्यापार गरेको भन्दै प्रशासनमा उजुरी समेत दिएका छन् । उनीहरुको उजुरी पछि बिहिबार प्रहरी पुगेर बालुवा उत्खननको काम रोक्न निर्देशन दिएको छ । तर स्थानीयले भने उच्छृंखल समुहको उजुरीकै आधारमा प्रशासनले पुर्ननिर्माणको लागि प्रयोग गरिँदै आएको बालुवा निकाल्न अवरोध गर्ने काम गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । यसैबीच विकासको नाममा नदीजन्य बस्तुको तस्करी भएको भन्दै प्रशासनले रोक लगाएपछि फोस्रेटार–केउरेनी जोड्ने पक्की पुल निर्माण समेत प्रभावित भएको छ । नुवाकोट क्षेत्र नम्बर तीनका सभासद बहादुर सिंह लामाले विकास गर्न खोज्दा अवरोध हुनु दुखद भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप