सिचाईं मन्त्रालयलाई जलस्रोत मन्त्रालय बनाउनुपर्छ : सिचाईं मन्त्री
काठमाडौं – सिचाईं मन्त्री उमेशकुमार यादवले जलस्रोत मन्त्रालयलाई सिचाईं मन्त्रालय बनाउन प्रतिगामी कार्य रहेको उल्लेख गर्दै मन्त्रालयलाई जलस्रोत मन्त्रालयनै बनाउनुपर्नेमा जोड दिएका छन् । सिचाईं दिवस एवम् ६३ औं वार्षिकोत्सव कार्यक्रमको उपलक्ष्यमा बोल्दै मन्त्री यादवले सो कुरा बताएका हुन् । ‘सिचार्इं मन्त्रालयलाई जलस्रोत बनाउनुपर्छ र यसमा सबै अग्रजको सहयोगको आवश्यकता छ । जलस्रोतलाई सिचाइ बनाउनु प्रतिगमन थियो । सिचार्इं मन्त्रालयलाई जलस्रोत मन्त्रालय बनाउन सबैसँग अपिल गर्दछु,’ उनले भने । उनले अगामी दिनमा भूमी, ब्यवस्थापन, कृषिलाई पनि साथमा लिएर यो दिवसलाई फरक ढगबाट मानउनुपर्ने जिकिर गरे । ‘अब पूर्ण सिचार्इंयुक्त क्षेत्र घोषणा गर्नुपर्छ । कृषि मन्त्रालयसँग सहयोग लिएर दीर्घकालीन योजनाहरू सफल पार्न सकिन्छ । सानो रुपमा गर्दै गयो भने पछि त्यसले नै ठूलो रूप लिन सक्छ,’ मन्त्री यादवले भने । मन्त्री यादवले उपभोक्तासँग आफ्नो लडाइ नभएको छर उपभोक्ताले गडबडी गरेको आरोप लागेको उल्लेख गरे । ‘उपभोक्ताप्रति कुनै पूर्वाग्रही छैन तर सुनसरी, सप्तरीलगायतका ठाउका उपभोक्ता समितिमाथी प्रश्न चिन्ह खडा भएको छ,’ उनले भने । ‘जनताको नामले दिने धम्की सहदिन । काम गर्नेलाई हटाइदैन । काम गर्नुस तर धम्कीको राजनीति नगर्नुस्,’ मन्त्री यादवले भने । उनले मधेसीप्रतिको विभेद हटाउनु पर्ने बताउँदै सो नभए त्यस्ता शासकलाई मधेसी जनताले भत्काई दिने चेतावनी समेत दिए । ‘यहाँका शासकले मधेसप्रतिको सोचमा परिवर्तन गर्नु पर्छ । दलालहरु स्थायी सत्ता कर्मचारीमा बढी मात्रामा रहेको छ । कर्मचारीबाट मधेसीमाथी विभेद भएको छ । मलाई नै कतिपय अवस्थामा काम गर्न दिदैन । थुप्रै कामहरू अगाडी बढाएका छौ तर कर्मचारीहरूबाट अवरोध भइरहेका छन्,’ यादवले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण