श्रीमती र छोरालाई खुकुरी प्रहार गर्ने प्रहरी फन्दामा
श्रीमती र छोरालाई खुकुरी प्रहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुमले एक जनालई खुकुरीसहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रुकुम मुसिकोट नगरपालिका वडा न.६ बस्ने वर्ष ४५ को बीर बहादुर खड्का रहेका छन् ।
गएको आइतबार दाङको तुलसीपुरबाट दुई हजार रुपैयाँमा खुकुरी किनेर गएका खड्काले सोहि दिन दिउँसो श्रीमती ३६ वर्षीया टिका खड्कालई खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । ज्यानै मार्ने मनसायले श्रीमतीको टाउको र शरिरका विभिन्न भागमा खुकरी प्रहार गरेको प्रहरीले बताएको छ । आमालाई बुबाले खुकुरी प्रहार गर्ने क्रममा छुटाउन गएका छोरा सौगात खड्कालई पनि खुकुरी प्रहार गरि घाइते बनाएको प्रहरीले बताएको छ । यसअघि पनि वीरबहादुरले विभिन्न समयमा कुटपिट गरेर चरम शारीरिक यातना दिँदै आएको बुझिएको छ । पक्राउ परेका खड्कालाई ज्यानमार्ने उद्योग सम्बन्धि मुद्दा चलाएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण