बाढीको पूर्व सङ्केत दिन राडार जडान
भद्रपुर– नेपाल रेडक्रस सोसाइटी झापा शाखा र युएसएआइडीको सहयोगमा कन्काई नदी किनारको डाँडोमा सूचना प्रणाली राडार जडान गरिएको छ ।
यो सूचना प्रणालीले माथि शिरानबाट वर्षात्को समयमा आउने बाढीको सङ्केत दुई घन्टाअगावै त्यस क्षेत्रका जनतालाई साइरनबाट दिइने छ ।
कन्काई नदीमा बर्सेनि आउने बाढीले गर्दा शरणामती, टाघनडुब्बा, कुमरखोद र महाभारालगायतका गाविसका मानिस प्रभावित हुने गरेका छन् ।
जनधनको क्षति व्यहोर्ने समस्याबाट राडारले जोगाउन मद्दत पुग्ने रेडक्रस झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए ।
बाढीबाट प्रभावित क्षेत्रका जनतालाई जोगाउने यस्ता सूचना प्रणाली इलाम माईपोखरी, सुक्तिम, कन्याम, राँके र जीतपुर भन्ने स्थानमा रु चार करोडको लागतमा स्थापना गरिएको हो ।
यो सूचना नेपाल सरकारको गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापामा पनि डिस्प्लेमा देखिने भएकाले बाढीबाट थप सतर्कता अपनाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जानकारी दिए ।
सूचना प्रणाली अवलोकन एवम् निरीक्षण गर्न सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला, चारआली नेपाली सेना ब्यारेकका प्रमुख खेमनारायण पौडेल, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल, प्रमुख वन अधिकृत इन्द्रमणि भण्डारी, वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना र सञ्चारकर्मीलगायतका टोलीले स्थलगत निरीक्षण गरेको छ । शरणामती गाविस वडा नं ८ का स्थानीयवासी कृष्ण मुर्मुले यो सूचना प्रणालीले बाढीको समयमा जनधन सुरक्षित गर्न मद्दत पुग्ने भएकाले खुसी लागेको बताए ।
यस्तै, रामचन्द्र सिटौलाले शरणामति गाविससँग जोडिएको माईनदीमा सिँचाइ सुविधा प्रदान गर्न सरकारले पहल गर्नुपर्ने भन्दै गाउँलाई बाढीबाट बचाउनु बनाइएको ९०० मिटरको बाँधलाई अझ विस्तार गर्न माग गरे ।
बाढीको जोखिमलाई हेरेर रेडक्रस सोसाइटी झापा शाखाले वर्षात्को समयमा प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित राख्न सिमलवाडी निमावि टाँगनडुब्बामा रु २९ लाखमा दुईकोठे भवन निर्माण गर्न लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण