रौतहटमा हालसम्मकै ठूलो पुरस्कार राशीको क्रिकेट टुर्नामेन्ट जारी
रौतहट – रौतहटको मौलापुर बजारमा हालसम्मकै ठूलो पुरस्कार राशीको क्रिकेट टुर्नामेन्ट प्रतियोगिता शुरु भएको छ । क्रिकेट खेलमार्फत बालबालिकाको सशक्तीकरण तथा गाँउ ठाँउमा लुकेका प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले सांसद प्रभु साहको सक्रियतामा बिहीबारदेखि २०।२० जिल्ला स्तरीय नकआउट क्रिकेट प्रतियोगिता शुरु भएको हो ।
यसअघि बुधवार साँझ एसपी डाक्टर गणेश रेग्मीले बौलिंंग, सिडिओ नरहरी बरालले बौलिंग तथा सशस्त्रका एसपी मदन बिष्टले मौलापुर क्रिकेट मैदानमा विकेट किपिंग गरेर आजदेखि शुरु भएको जिल्लास्तरिय टुर्नामेन्टको औपचारीक उद्घाटन गरेका थिए । जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुने टिमलाई एकलाख एकहजार दोस्रो हुनेलाई ५१हजार नगद पुरस्कारको व्यवस्था रहेको मुलआयोजक समितिका अगुआ एवं क्रिकेटका राष्ट्रिय खेलाडी जितेन्द्र मुखियाले बताएका छन् ।
पहिलोदिनको खेलमा आजबिहान दिपही र सन्तपुर मटिऔन टिमबिच भएको प्रतियोगितामा दिपहीटिम १६ रनले बिजयी भएका थिए । टस जितेर पहिलो ब्याटिङ गरेका दिपही टिमले निर्धारित १६ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनाउन सफल भएका थिए । एकसय रनको बिजय लक्ष्यसहित मैदानमा उत्रेका सन्तपुर दोस्तियाले १५ओभरमा सबै विककेट गुमाउँदै मात्र ८३ रन जोडेका थिए ।
पहिलो इनिंगको खेलमा दिपहीटिमका बौलर मुराद मिँया म्यान अफ द म्याच घोषित भएका थिए । त्यसैगरी दोस्रो ईनिंगमा बिश्रामपुर र भसेढवा टिमबिच भएको खेलमा भसेढवाटिम ६५ रनले बिजयी भएको छ । टस जितेर पहिलो ब्याटिङ गरेका भसेढवाले निर्धारित १२ ओभरमा चार विकेटको एकसय ६ रन बनाएका थिए । प्रति उतरमा एकसय सात रनको लक्ष्यसहित उत्रेका बिश्रामपुरले ११.३ बलमा सबै विकेट गुमाएर मात्र ४५ रन बनाएका थिए ।
भसेढवाटिमका युवराज पटेलले ५० रन बनाएर म्यानअफ द म्याच घोषित भएका थिए । अर्धसतक बनाउने खेलाडीलाई तीन हजार नगद दिने आयोजकले घोषणा गरेको छ । त्यसैगरी मैनअफ द सिरिजलाई १०हजार, म्यानआफ द म्याच, बेष्ट बौलर, बेष्ट बैटसम्यानलाई पाँच÷पाँच हजारको पुरस्कार दिने व्यवस्था रहेको आयोजक समितिका संयोजक विजय यादवले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण