नावाकै नियममा चल्छ अझै खुम्जुङ गाउँ
शुक्रबार, २६ चैत २०७२, १० : १६
सोलुखुम्बु - बालीनाली जोगाउनका लागि नावा पद्धति प्रभावकारी भएको किसानले बताएका छन् । यो परम्परागत पद्धति रहेको किसानले बताएका छन् ।
सोलुखुम्बुको चौँरीखर्क तथा नाम्चेबाट नावा पद्धति प्रायः हराइसकेको भएपनि खुम्जुङ गाविसको सबै गाउँमा भने यथावत् रहेको पाइन्छ । आलु र फापर मात्र उत्पादन हुने यस क्षेत्रको बालीनाली जोगाउने नावा पद्धति त्यस क्षेत्रको निकै पुरानो विधि अर्थात् शेर्पा संस्कृतिको नमुना हो ।
खुम्बु क्षेत्रमा पर्यटन व्यवसाय सुरु हुनुपूर्व पशुपालनको साथमा आलु र फापर उत्पादन गरेर जीविका चलाउँदै आएका त्यहाँका शेर्पाले गाईवस्तुबाट बालीनाली जोगाउन नावा पद्धति विकास गरेको र यो शेर्पा संस्कृतिको नमुना भएको स्थानीय अगुवा तेन्जिङ टासी शेर्पा बताउँछन् । बालीनाली जोगाउने मात्र नभई सारा गाउँ चलाउने जिम्मा नावाको हुन्छ । असार, साउन र भदौ तीन महिना नावाको सक्रियता बढी हुन्छ । प्रत्येक वैशाखमा गाउँले जम्मा भएर नावा चुन्छन् ।
गाउँ चलाउन चुनिएको नावाको पदावधि एक वर्षको हुन्छ । त्यस अवधिमा गाउँमा हुने सबै कामको नेतृत्व नावाले गर्नुपर्छ । गाउँमा नावा बन्नुलाई गौरवका रुपमा हेरिने हुनाले नावा बन्ने चाहना धेरैले राख्ने गरेका खुम्जुङ–९ फार्चेका पासाङनुरु शेर्पा बताउँछन् ।
नावाले बाली लगाएपछि वस्तुभाउलाई चरन भएको खर्कमा पठाउने र गाउँमा वस्तुभाउ फर्काउने समय तोक्ने काम गरेर वस्तुभाउबाट बालीनाली जोगाउने काम गर्छन् । नावाको कामबाट बालीनाली संरक्षणको साथमा चरिचरन व्यवस्थापन हुने तथा प्राकृतिक स्रोतसाधनको संरक्षणसमेत हुने खुम्जुङका तेन्जिङ टासी शेर्पाले बताए ।
उनका अनुसार नावा गाउँलेको अधिकार प्राप्त व्यक्ति भएकाले उसले गरेको निर्णय हरेक गाउँलेले मान्नुपर्छ र अन्य समस्याका बारेमा पनि नावासँगै छलफल गरिन्छ । अहिले खुम्जुङ गाविसको ग्रिनभ्याली भनेर चिनिने खुम्जुङ, फोर्चे, खुन्दे, पाङबोचे, त्याङ्बोचेलगायतका गाउँमा यो प्रथा कायम छ ।
शेर्पा संस्कृतिका रुपमा रहेको यो पद्धतिलाई सगरमाथा राष्ट्रिय निकुञ्जले पनि मान्यता दिएको छ । नावासँग समेत नियमित छलफल गर्ने गरेको र नावाको समयअनुसार नै राष्ट्रिय निकुञ्जले समेत खर, मालिंगो तथा खर्क खुल्ला गर्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण