शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देउवा र पौडेलबीच भएको प्रतिस्पर्धाले पार्टीमा फुट ल्याउँदैन : कोइराला

शुक्रबार, २६ चैत २०७२, १० : २०
शुक्रबार, २६ चैत २०७२

धादिङ - लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धा हुन्छ, यसलाई अन्यथा मान्न हुन्न र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच संसदीय दलको नेताका लागि भएको प्रतिस्पर्धाले पार्टीमा फुट ल्याउँदैन, अझ एक बनाउन सहयोग पु¥याउनेछ, नेकाका महामन्त्री शशाङ्क कोइराला भन्छन् ।

[caption id="attachment_37773" align="alignleft" width="840"] file photo[/caption]

नेपाली काँग्रेस धादिङद्वारा धादिङबेसीमा आयोजना गरिएको दुईदिने कार्यकर्ता प्रशिक्षण तथा पार्टीको वार्षिक योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्न आएका महामन्त्री कोइरालासँग पत्रकारले वरिष्ठ नेता पौडेल हार्ने निश्चित हुँदाहुँदै पनि संसदीय दलको नेताका लागि उम्मेदवार बनाउनु कत्तिको जायज थियो भन्ने जिज्ञासा राख्दा उनले त्यस्तो भनाइ राखेका हुन् ।

नेपाल प्रेस युनियन धादिङ शाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा महामन्त्री कोइरालाले १३औँ महाधिवेशनलाई एकता अधिवेशनका रुपमा लिएर प्रतिनिधिको मतदान गरेकाले पार्टीमा देखिएको ६०–४० को भागबन्डाको अब अन्त्य हुन गएको छ र अबका दिनमा सबै तहका नेता तथा कार्यकर्ता सङ्गठन विस्तारमा लागी पार्टीलाई अझ सशक्त बनाउनेतर्फ लाग्नु आवश्यक रहेको बताए ।

नेपाली काँग्रेस सरकारमा सहभागी हुन्छ–हुँदैन भन्ने पत्रकारको जिज्ञासाका सन्दर्भमा कोइरालाले यसबारे नेकाले कुनै निर्णय गरिनसकेको र सुशील कोइरालाको नेतृत्वको सरकारको समयमा जारी भएको संविधानको कार्यान्वयनका लागि नेपाली काँग्रेस दृढ रहेको भनाइ राखे ।

सरकारको क्रियाकलाप तथा कामको सन्दर्भमा देशमा व्याप्त कृत्रिम अभाव, कालोबजारी, भ्रष्टाचारले गर्दा जनताले दुःख पाइरहेको, मधेसको समस्या यथावत् रहेका र सरकारको कामको सन्दर्भमा सरकारमै सहभागी दलका नेताहरु तथा जिम्मेवार मन्त्रीहरुबाटै पनि असन्तुष्टि प्रकट गरिरहेको अवस्थासमेत रहेको बताएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप