गाउँलेको करिब ४० लाख ठगेर व्यापारी बेपत्ता
दमक - झापा लखनपुरका एकजना व्यापारीले गाउँलेको करिब रु ४० लाख ठगेर बेपत्ता भएका छन् । लखनपुर–१ मिलडाँडाको शान्तिपुर चोकमा बस्दै आएका चुडामणि भट्टराईले लाखौँ रुपैयाँ लिएर एक सातादेखि वेपत्ता भएका हुन् । भट्टराई भागेपछि पीडित बिलखबन्दमा परेका छन् । विसं २०५६ सालमा भारतको आसामबाट आएका उनी परिवारसहित गाउँमा किराना पसल र धान काँटाको व्यापार गर्दै आएका थिए । गाउँको मूल सडकमा व्यापार गरिबसेका भट्टराई एकाएक भागेपछि घटनाबाहिर आएको हो । भट्टराईबाट ठगिएका पीडितबाट सङ्कलन गरेको विवरणअनुसार उनले रु १६ लाख ९० हजार मोल बराबरको दुई हजार ११३ मन धान र विभिन्न ३० जना व्यक्तिबाट रु १९ लाख नगद लिएको खुल्न आएको छ । भट्टराईले गाउँकै अर्का व्यापारी ज्ञानेन्द्र दङ्गाल एक्लैबाट एक हजार ९८ मन धान लिएका थिए । उनी गाउँभरिका किसान र साना व्यापारीबाट धान किनेर ठूला व्यापारीलाई बेच्थे । सोझा गाउँलेबाट ब्याजमा भन्दै उनले धान र नगद लिएको खुलेको छ । उनले लखनपुरको दुग्ध सहकारी संस्थाको पासबुक लिएर भित्रिरुपमा वित्तीय कारोबार समेत गर्दै आएको बताइएको छ । पीडतले ठगिएको घटनाका बारेमा प्रहरीमा उजुरी गर्ने तयारी गरेका स्थानीयवासी केशव तिम्सिनाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा २ महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण