शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईजिपी अर्यालको आवश्वासनपछि सुदुरपश्चिमका प्रहरी हर्षित

शुक्रबार, २६ चैत २०७२, ११ : ३१
शुक्रबार, २६ चैत २०७२

धनगढी – प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले सुदूरपश्चिमका विभिन्न प्रहरी विटको निरीक्षण गदै समस्या सामाधानको पहल गर्ने भनाई पश्चात यहाँका प्रहरीहरु हर्षित भएका छन् ।

‘महानिरीक्षक अर्यालले अपराधीक घटनाहरुको अनुसन्धान प्रभावकारी बनाउन पश्चिमी नेपालका लागि नेपालगन्जमा फोरेन्सिक ल्याब स्थापना गर्ने सुदूरपश्चिम क्ष्ोत्रीय प्रहरी आवासिय माविको भौतिक पुर्वाधार निर्माण गर्ने ईलाका प्रहरी कार्यालय मालाखेती डिएसपी र धनगढीको वडा प्रहरी कार्याालयमा इनस्पेक्टरको दरबन्दीलगायतका अत्याआवश्क विषयमा आशवासन दिएपछि हामीहरु निकै हर्षित भएका छौं’ जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र बिस्टले रातोपाटीलाई बताए ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी आवासिय माध्यामिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेपनि भौतिक पुर्वाधार नहुँदा विद्यार्थीहरु अध्ययन गर्नबाट बन्चित हुँदै आएका छन् ।

‘विहीवार प्रहरी महानिरीक्षक अर्यालको भ्रमण पश्चात यस स्कुलमा अपुग हुँदै आएको साधन स्रोतलाई पूर्ण रुपमा पुलिस हेर्डक्वाटरले दिने बताए । उनले दिएको आश्वसनले स्कुलले पूर्णता पाउने विश्वास लिएका छौँ’ एसपी बिस्टले बताए ।

यसअघि महानिरीक्षक अर्यालले जिल्ला प्रहरी कार्यालय कैलालीले गरेका कामहरुको समेत निरीक्षण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप