मार्सेलो खेलाडीभन्दा बढी ‘कलाकार’ !
काठमाडौं – च्याम्पियन्स लिगमा जर्मन क्लब वुल्फस्बर्गविरुद्धको क्वाटरफाइनल खेलका दौरान रियल म्याड्रिडका डिफेन्डर मार्सेलोले देखाएको नाटकका कारण उनलाई ‘कलाकार’ भन्न थालिएको छ । खेलमा मार्सेलोले वुल्फस्वर्गका मिडफिल्डर म्याक्स आर्नोल्डको छातीमा आफैले टाउकोले हिर्काउँदै पछि आफै मैदानमा अनुहार छोप्दै लडेका थिए, मनौं उनीमाथि नै फल भएको थियो । उक्त घटनापछि आर्नोल्डलाई पहेँलो कार्ड देखाइएको थियो भने मार्सेलोलाई केही पनि गरिएन ।
‘मार्सेलो कलाकार हुन्,’ वुल्फस्वर्गका म्यानेजर डिटेर हेकिङले खेलपछि जर्मन मिडियालाई भने, ‘त्यो आवश्यक थिएन । उनको हर्कत देखेर मलाई निकै रिस उठेको थियो ।’ मोर्सेलोले उनको हर्कतबापत युइएफएबाट थप कारवाहीबाट भने बचेका छन् । इंग्ल्याण्डका पूर्व प्रशिक्षक ग्लेन होडलले पनि मार्सेलोले देखाएको हर्कतलाई लज्जास्पद भएको संज्ञा दिएका छन् । यता, म्यान्चेस्टर युनाइटेडका पूर्व प्रशिक्षक रोय किनले भने म्याड्रिडका खेलाडीको डाइभलाई ‘आश्चर्यजनक’ को संज्ञा दिएका थिए । खेलपछि मार्सेलोको समाजिक सञ्जालमा निकै मजाक उडाइएको छ । फुटबल समर्थकले उनको तुलना ब्राजिलकै पूर्व खेलाडी रिभाल्डोले सन् २००२ को विश्वकपमा टर्कीविरुद्ध देखाएको हर्कतसँग गरेका छन् ।
टर्कीका डिफेन्सडर हकान उन्सालले कर्नर हान्न पुगेका बार्सिलोनाका पूर्व खेलाडी रिभाल्डोको तर्फ बल हानेका थिए । जुन उनको खुट्टामा लागेको थियो तर उनी भने मुख समाउँदै मैदानमा ढले । जसको कारण उन्साल रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । पछि उनलाई ५ हजार पाउण्ड जरिवाना गरिएपनि उनले सो घटनाप्रति कुनै दुःखेसो नरहेको बताएका थिए । रोचक कुरा, मार्सेलोका प्रशिक्षक जिनेदिन जिदान सन् २००६ को विश्वकपमा इटालीका मार्को मटाराज्जीलाई हेडबट गर्दा रातो कार्ड खाँदै बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण