शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

धरानको पिण्डेश्वर धाममा विश्वकै अग्लो त्रिशुल बन्ने

शुक्रबार, २६ चैत २०७२, १३ : १८
शुक्रबार, २६ चैत २०७२

काठमाडौ – धरान पिण्डेश्वर धाममा विश्वकै अग्लो त्रिशुलको निर्माण गरिने भएको छ । विश्व हिन्दु परिषद नेपाल धरानले मन्दीर परिषरमा अष्ठ धातुले निर्माण गरिएको १५० फिट अग्लो त्रिशुल निर्माण गर्न लागेको हो । परिषदले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पूर्व प्रशिद्ध धाम पिण्डेश्वरमा अष्ठ धातुले निर्माण गरिने १५० फिट उचाईको महारुद्र त्रिशुल स्थापना गर्ने जानकारी दिएको हो । त्रिशुल निर्माण समितिका अध्यक्ष देबराज अधिकारीले ५ करोड ३० लाख अनुमानित लागतमा एक वर्ष लगाएर निर्माण गरिने सो त्रिशुल ६० जमिन मुनी र ९० फिट जमिन माथि हुने जानकारी दिए । त्रिशुलकालाागि आवश्यक अष्ठधातु मानिसहरुले घरमा राखेको तामा पित्तल लगायतका धातुलाई सहयोगको रुपमा संकलन गरेर पुरा गरिने जानकारी दिदै उनले बाँकी आवश्यक रकमसमेत जनश्रमदान र सहयोगबाट जुटाईएने बताए । त्यसैगरी परिषदले आगामि फागुन २१ गतेदेखि पिण्डेश्वर अष्ठदशा महापुराण ज्ञान महायज्ञ लगाईने छ । सो यज्ञमा १४ अञ्चलका १८ प्रसिद्ध पण्डितहरुले पुराण बाचन गर्ने छन । जसमा २१ हजार १ सय ११ रुपैया तिरेर संकल्प गराईने छ । सो संकलित रकमसमेत त्रिशुल निर्माणमा लगाईने छ । त्यसैगरी पण्डितहरुले बाचन गर्ने १८ पुराणलाई पण्डितहरुद्वारा नै लेखाएर एउटै किताबको रुपमा तयार पारेर बिमोचन समेत गराउने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप