भूकम्पको पीडा बिर्सन नपाउँदै अर्को पिडा : सिन्धुलीमा हिजो शुरु भएको आगलागी अझै नियन्त्रणमा आएन
सिन्धुली – भुवनेश्वरी गाविस वडा नं.९ को थाङले भन्ने गाउँ नजिकको जंगलबाट सुरु भएको आगोले तीनकनया गाविसको जंगलतर्फ लागेको छ । हिजो दिउँसो करिब १० बजेबाट सुरु भएको आगो आज सम्म पनि नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रणको लागि नेपाली सेना, सशस्त्र प्रहरी , नेपाल प्रहरी खटिरहेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए । आगोलागीमा परि भुवनेश्वरीको ११ ओटा गाउँको ४१ घर र एउटा विद्यालय जलेर नष्ट भएको छ । शुक्रवार रातिसम्म भुवनेश्वरी गाविसमा ३८ घर जलेकोमा शनिवार दिउसो पुनः तीन घरमा आगोलागि भएको गाविस सचिव सूर्यविक्रम चौहानले जानकारी दिनु भयो । आगोलागीमा परि कालिका प्रावि मुर्कीको दुई ओटा भवन र सम्पूर्ण कागज पत्र जलेर नष्ट भएको छ ।
आगोलागीबाट सो गाविसको वडा नं. १ को चेरुङ कात्तिक, वडा नं. ३ को सुवारा, वडा नं. ६ को ओख्ले भदौरे, वडा नं. ७ को मुर्किगाउ, धनसिंडाँडा, रिप, वडा नं. ९ को मुर्किवेसी र लामिसोतीका घरहरु जलेर नष्ट भएको सचिव चौहानले जनकारी दिए । आगोलागीबाट करिब ८० लाखभन्दा बढि क्षति भएको पोख्रेलले जानकारी दिए । हावाहुरीको कारण आगो नियन्त्रण गर्न नसकिएको प्रजिअ कार्कीले जनकारी दिए । शनिवार विहान देखि नै आगो तीनकन्या गाविसको ठूलो जंगलमा पसेको र भिर पाखा भएकोले नियन्त्रण गर्न समस्या भएको प्रजिअ कार्कीले जानकारी दिए । आगो नियन्त्रणको लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलि खटिरहेको छ । पिडितलाई राहतको लागि विभिन्न संघ÷संस्थाले दाल, चिउरा, चिनी, पानी जस्ता खाद्यन्न सामाग्रि उपलब्ध गराई रहेको प्रजिअ कार्कीले जानकारी दिए । वल्ड भिजन इन्टरनेश्नल, रिलिफ नेपाल, उद्योग बाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी लगाएतका संघ संस्थाहरुले राहत उपलब्ध गराएको प्रजिअ कार्कीले जानकारी दिए । नेपाल सरकारले प्रति वरिवार पाँच हजार राहत आइतवार वितरण गर्ने प्रजिअ कार्कीले जानकारी दिए । बालबालिकाहरुले बारीको छेउमा कमिलाको गोला पोलेर छाडेको आगो सल्की सो आगोलागी भएको जिल्ला प्रहरी कार्यालयले प्रारम्भिक अनुसन्दानबाट पत्ता लगाएको छ । लामो समयदेखि पानी नपरेको जंगलमा आगोलाग्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । अहिले डडेलोले खानेपानीको मुहान तथा पानी तान्ने पायप डड्दा पुरै गाविसमा पानीको हाहाकर भएको छ । पानी अभाव हुदा पशु चैपाय र मानिसलाई समस्या परेको भन्दै मानिसहरु गाँउ छाडेर बेसी झर्न थालेको छ । भूकम्पको पीडा बिर्सन नपाउँदै अर्को पीडा : पिडित भोजबहादुर सार्की बैशाक १२ को भुकम्पको पिडा भल्न नपाउदै भुवनेश्वरी गाविस वासीले फेरी अर्को आपत वहोरेको छ । शुक्रवार थाङले गाउबाट सुरु भएको आगोले भोजबहादुर सार्कीको पिडामा फेरी अर्को पिडा थपिएको छ । भुकम्पले भत्काएको घर २८ गतेबाट सुरु हुने पुनर्निर्माणमा सरकारले दुई लाख राहत दिए पछि बनाउने तयारीमा रहेका भोजबहादुर सार्कीलाई फेरी सडकमा बास गराई दिएको छ । शुक्रवार सार्की लगायत ६० भन्दा वढी घर जलेर नष्ट हुदा यहाँका सबै सडकमा नै बास भएका हुन् । भुकम्पको पिडामा मलम लगाउन नपाउदै फेरी बस्ती नै जलेर नष्ट भएको छ । पिडा पोख्दै सार्कीले नेपाल समचार पत्रलाई भने “भुकम्पले घर भत्काई दियो, सानो खरले छायर कटेरो बनाएर वसेका थियौं त्यो पनि नजिकको जंगलबाट सुरु भएको आगोले जलेर नष्ट भयो । भैसि, गाई बाख्र अन्न, लत्ताा कपडा सबै जलेर नष्ट भयो । फेरी नाङगै भयौं । यो वर्ष त हाम्रो लागि पिडा नै पीडामा पा¥यो ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्येक १० मिनेटमा ध्रुवे हात्तीको गतिविधि निगरानी
-
सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
-
वनलाई उद्योग र अर्थतन्त्रसँग जोड्न माग
-
आफ्नै रेकर्ड तोड्दै नेपाल लाइफद्वारा १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन
-
गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट खर्च
-
मालवाहक जहाजका लागि होर्मुज जलमार्ग खुला छ : ह्वाइट हाउस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण