शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

ठूलो भेरी नदीमा खसेर युवक बेपत्ता

शनिबार, २७ चैत २०७२, १९ : ०४
शनिबार, २७ चैत २०७२
डोल्पा – खच्चडलाई सामान बोकाएर डोल्पा सदरमूकाम दुनैबाट जाजरकोट जाँदै गरेका २५ वर्षका एक युवक भीरबाट भेरी नदीमा खसेपछि बेपत्ता भएका छन् । आज दिउँसो जाजरकोट जान लागेका भगवती गाविस–८ जाजरकोटका टेकबहादुर विक डोल्पाको सु गाविस–१ स्थित मामदुलबाट बाटोमा हिँड्दाहिँड्दै ठूलो भेरीमा खसेर बेपत्ता भएका हुन् । उनको अहिले खोजी भइरहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । उनी खसेको स्थानजबाट मोबाइल, टर्च लाईट र चप्पल फेला परेको जानकारी त्रिपुराकोट प्रहरीले गराएको छ । भीर तल ठूलो भेरी नदी बग्ने भएका कारण उनलाई नदीले बगाएको आशंका गरिएको छ । खच्चर लिएर विकसँग्ै आउँदै गरेका वीर बहादूर विकले टेकबहादूरलाई नदीले बगाएको हुनसक्ने आशंका गरे । ‘खच्चर लिएर बिहानै म मेरी श्रीमती र साला टेकबहादूर गाउँ जादैँ थियौ । डोल्पाको शू गाविसस्थित मम्दूलामा आइपुगेपछि एक्कासी टेकबहादूर गायब भए । धेरै खोजी गर्दा पनि नभेटिएपछि मैले प्रहरीलाई जानकारी गराए,’ टेकबहादूरका भिनाजु वीरबहादूरले भनेका छन् । डोल्पामा अझै पनि सामान ढुवानीका लागि खच्चरको प्रयोग गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप