शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भ्रष्टाचारको आरोपमा विप्लव माओवादीका कार्यक्रताद्वारा इन्जिनियरलाई कालो मोसो, दुई पक्राउ

आइतबार, २८ चैत २०७२, १९ : २८
आइतबार, २८ चैत २०७२

 जाजरकोट– जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर जयराम श्रेष्ठलाई विप्लव माओवादी कार्यकर्ताले कालो मोसो दलेका छन् । योजना निर्माण तथा अन्य कार्यमा भ्रष्टाचार गरेको आरोप लगाउँदै श्रेष्ठको कार्यकक्षमै पुगेर उनीहरुले कालो मोसो दलेका हुन् । चार ,पाँच जनाको समुहमा सेवा ग्राही बनेर गएका माओवादी कार्यकर्ताले आइतबार दिउसो श्रेष्ठलाई कालो मोसो दलेको प्रहरीले जनाएको छ । श्रेष्ठलाई कालो मोसो लगाउने दुई माओवादी कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेको छ । प्रहरीले अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमबहादुर शाहीलाई सदरमुकामको ठाँटीबजार र एक जना अर्का कार्यकर्तालाई होलु जिउलावाट पक्राउ गरेको हो ।

पक्राउ परेका माओवादी कार्यकर्तालाई सार्वजानिक अपराधको मुद्दा चलाइने प्रहरीले जनाएको छ । एक जनाले खाली फाइल देखाउँदै गरेको अवस्थामा अर्का माओवादी कार्याकर्ताले श्रेष्ठको अनुहारमा कालो मोसो लगाइ दिएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप