दक्षिणी इरानका पुललाई निशाना बनाएर आक्रमण गरिरहेछ अमेरिका
सारांश
- अमेरिकी सेनाले दक्षिणी इरानको होर्मोजगान प्रान्तमा रहेका धेरै पुलमा आक्रमण गरेको छ ।
- बन्दर अब्बाससँग जोडिएका सडकमार्गमा रहेका पुलहरू तथा विद्युत् प्रसारण लाइनहरू क्षतिग्रस्त भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।
- इरानी सञ्चारमाध्यमले कम्तीमा सात जनाको मृत्यु र नौ जना घाइते भएको दाबी गरे पनि सीएनएनले स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बताएको छ ।
तेहरान । अमेरिकी सेनाले दक्षिणी इरानको होर्मोजगान प्रान्तमा रहेका धेरै पुलमा आक्रमण गरेको छ ।
इरानी अर्धसरकारी समाचार संस्था फार्सले प्रान्तका गभर्नरको कार्यालयलाई उद्धृत गर्दै लेखेको समाचारअनुसार आक्रमण गरिएका अधिकांश पुलहरू बन्दर अब्बाससँग जोडिएका सडकमार्गमा पर्छन् । बन्दर अब्बास स्ट्रेट अफ स्ट्रेट अफ होर्मुज किनारमा रहेको प्रमुख बन्दरगाह सहर हो, जहाँ इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)को नौसैनिक अड्डा पनि छ ।
यसअघि फार्सले बन्दर अब्बासस्थित एक रेल जङ्सनमा समेत अमेरिकी आक्रमण भएको जनाएको थियो । यस्तै, अर्धसरकारी तस्निम समाचार संस्थाका अनुसार इरानको ऊर्जा मन्त्रालयले बन्दर अब्बास र आसपासका गाउँका विद्युत् प्रसारण लाइनहरू पनि क्षतिग्रस्त भएको जनाएको छ ।
इरानी सरकारी टिभी आईआरआईबीले सार्वजनिक गरेको र सीएनएनले स्थान पुष्टि गरेको तस्बिरमा बन्दर अब्बासलाई शिराजसँग जोड्ने काहुरेस्तान पुल क्षतिग्रस्त देखिएको छ । इरानी सञ्चारमाध्यमका अनुसार उक्त पुल अमेरिकी आक्रमणबाट प्रभावित भएको हो ।
आक्रमणमा कम्तीमा सात जनाको मृत्यु र नौ जना घाइते भएको दाबी इरानी सरकारी सञ्चारमाध्यमहरूले गरेका छन् । यद्यपि, इरानका यी दाबी स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको सीएनएनले आफ्नो समाचारमा भनेको छ ।
अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)सँग प्रतिक्रिया मागिएको भए पनि तत्काल कुनै आधिकारिक टिप्पणी नआएको उसको भनाइ छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि पटक–पटक तेहरान वार्तामा नफर्किए इरानका पुल तथा विद्युत् पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालवाहक जहाजका लागि होर्मुज जलमार्ग खुला छ : ह्वाइट हाउस
-
मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
-
कृषि ऐन नहुनु दुःखद्, यसै वर्षदेखि वन रक्षकको नयाँ भर्ना खोल्छौँ: मन्त्री गीता चौधरी
-
यस विश्वकपमा कति छ पुरस्कार राशि? विजेता टोलीले कति पाउँछ ?
-
रासायनिक मलको आपूर्ति पाँच लाख ६१ हजार मेट्रिकटन नाघ्यो
-
दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्, त्यो त रेडिमेड कथा मात्र हो : अध्यक्ष ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण