तातो हावाले मलेसियामा सयौं विद्यालय बन्द
क्वालालम्पुर - तातो हावाका कारण मलेसियामा पनि प्रभाव परेको समाचार छ । तातो हावा चलेपछि सडकमा निस्किन निकै गाह्रो भएको बताइएको छ । जसका कारण मलेसियाका सयौं विद्यालय बन्द गरिएको छ । विश्वव्यापी रुपमा बढेको तापक्रमका कारण खाद्य उत्पादनका साथै अन्य जीवनशैलीमा पनि प्रभाव परेको समाचारमा उल्लेख गरिएको छ । गएको ७२ घन्टायतादेखि विशेषगरी मलेसियाको पलिएस् र पाहाङ क्षेत्रमा कम्तीमा ३७ डिग्री तापक्रम पुगेको छ । ती क्षेत्रको तापक्रम निरन्तर रुपमा बढ्दो मात्रामा देखिएको छ । जसका कारण ती क्षेत्रका २५० भन्दा बढी स्थानीय विद्यालय बन्द गर्न लगाइएको बताइएको छ । मलेसियाको शिक्षा मन्त्रालयले सो जानकारी दिएको हो । सो मन्त्रालयले ती क्षेत्रमा रहेका एक लाख भन्दा बढी विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी उक्त निर्णय गरिएको जनाएको छ । मलेसियाली सरकारी समाचार समिति, बर्नामाले दिएको जानकारीअनुसार ती क्षेत्रमा नागरिकको स्वास्थ्यमा व्यापक मात्रामा प्रभाव परिरहेको छ । यसका कारण गहुँको खेती, रबर प्लान्टको उत्पादन र हरियो तरकारीको उत्पादनमा पनि प्रभाव परेको छ । उत्पादनमा कमी आएको र यसले गर्दा तरकारीमा महङ्गी सुरु भएको जनाइएको छ । मलेसियाका विभिन्न भूभागमा गएको जनवरी र फेब्रुअरी महिनामा विगतका वर्षहरुको तुलनामा तापक्रममा निकै बृद्धि भएको छ । यसवर्ष ३७ डिग्री सेल्सियस पुगेको सो क्षेत्रको तापक्रम यसअघि कहिल्यै त्यति पुगेको थिएन । यसवर्ष विश्वका अरु पनि कैयौं देशमा एलनिनोको प्रभाव र जलवायुमा भएको अस्वाभाविक परिवर्तनले गर्दा तातोपनामा बृद्धि जारी रहेको छ । रासस/एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी इरानका पुललाई निशाना बनाएर आक्रमण गरिरहेछ अमेरिका
-
मुख्यमन्त्रीमा जीवनबहादुर शाही प्रस्ताव, अरुमा कसरी हुन्छ ‘पावर सेयरिङ’ ?
-
‘अब फुटबलका लागि क्लब रोज्छु, प्रचारका लागि होइन’
-
एभरेस्ट अस्पताल र डा.ज्योत्सनाले ३९ लाख क्षतिपूर्ति दिनुपर्ने उपभोक्ता अदालतको फैसला
-
पाकिस्तानको सिन्धमा बालबालिकामा कसरी फैलियो एचआईभी संक्रमण ?
-
माइग्रेनको दुखाइ कम गर्न मद्दत गर्छन् यी खानेकुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण