ओखलढुंगाको रानीवन र सिहंदेविको सिमानामा ६ दिनदेखि आगलागी
सोमबार, २९ चैत २०७२, १८ : ५७
ओखलढुंगा - ओखलढुंगाको रानीवन र सिंहदेबिको सिमानामा लागेको आगो आज छौटौ दिन पनि नियन्त्रणमा आउन सकेको छैन । गत चैत्र २४ गते बुधबारबाट गालेको आगो तिब्र हावाहुरीका कारण अझै नियन्त्रणमा आउन नसकेको हो । आगलागीका कारण रानीवन गा.वि.सको लक्ष्मीटार,राजदेवल, र विमिरे सामुदायिक बन नष्ट भएको छ । रानिबान गाबिसको जंगलबाट सल्किएको आगो सिंघदेबि गाबिसको बाघखोर सामुदायिक बनमा पुगेको त्याहाबाट स्थानिय पुर्णबहादुर खड्काले जानकारी दिए । आगो गत २६ गते शुक्रबार नियन्त्रण आएको भएपनि भिरालो जमिनका कारण सल्लाको ठुटाबाट पुनःसल्केको उनले बताए । आगो नियन्त्रणका लागी अहिले पनि स्थानिय तथा प्रहरी खटिरहेको उनको भनाई छ । आगो गाउमा पस्न नदिन अहिले प्रहरी तथा स्थानियले प्रयास गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण