प्रतिपक्षले पनि संविधान कार्यान्वयनमा सहमति गर्नुपर्छ : उपप्रधानमन्त्री गच्छदार
बुटवल - उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्वनका लागि मुख्य दलबीच सहमतिको आवश्यकता रहेको बताएका छन् ।
पश्चिम नेपाल बस व्यवसायी सङ्घ वुटवलको २१ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले संविधान कार्यान्वयन, भूकम्पले ध्वस्त बनाएको मुलुकलाई पुनःनिर्माणको दिशामा अघि बढाउन प्रमुख राजनीतिक शक्तिबीच सहमति र एकताको आवश्यकता रहेको बताए । उनले तीन ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)बीच अझै राष्ट्रिय मुद्दामा सहमति र एकता आवश्यक रहेकोमा जोड दिए ।
राष्ट्रिय एकताका लागि काँग्रेसलाई वर्तमान सरकारमा सहभागी हुन आग्रह गर्दै उनले भने, “प्रतिपक्षमा बसेपनि संविधान कार्यान्वयन गर्न र राष्ट्रिय समस्याका मुद्दामा सहमति गर्नुपर्छ ।” संविधान संशोधन गरेरै मधेसका मुद्दालाई समाधान गर्न सकिने बताउँदै उपप्रधानमन्त्री गच्छदारले आन्दोलनरत मधेसी मोर्चाका नेतालाई वार्ता र सहमतिमा आउन आग्रह गरे ।
आफू सधैँ यातायात क्षेत्रका समस्या समाधान गर्न तयार रहेको उल्लेख गर्दै उनले कुनै पनि व्यवसायीले दर्ता हुन दिने तर नवीकरण गर्न नदिने भन्ने कहीँ नभएको भन्दै त्यस्ता समस्या आपmूले समाधान गरिदिने स्पष्ट पारे ।
कार्यक्रममा नेकाँ केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कावा अध्यक्ष डोलनाथ खनालले छुट्टै यातायात मन्त्रालय बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण