शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रपतिद्वारा भारतका राष्ट्रपतिलाई समवेदना

सोमबार, २९ चैत २०७२, १९ : १०
सोमबार, २९ चैत २०७२
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको केरला प्रान्त, कोल्लाम जिल्लाको पारावुरस्थित पुत्तिङ्गल मन्दिरमा भएको आगलागीबाट ठूलो सङ्ख्यामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एक सन्देश पठाउदै पीडित जनता, शोक सन्तप्त परिवारजनका साथै भारतीय जनता र सरकारप्रति आफू लगायत नेपाली जनता र सरकारको तर्फबाट गहिरो सहानुभूति तथा हार्दिक समवेदना व्यक्त गरेकी हुन् । उनले सन्देशमा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप