शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माछा मार्न विष्फोट पदार्थ पड्काउँदा घाइते

सोमबार, २९ चैत २०७२, १९ : ५५
सोमबार, २९ चैत २०७२

विराटनगर -  विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्न खोज्दा मोरङमा एक युवक आज घाइते भएका छन् । घाइते हुनेमा बुधनगर–५ का रुपेश मण्डल भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनको बाँया हातको हड्डी भाचिएको र बुढी औंँला क्षतविक्षत भएको छ । गम्भीर अवस्थामा उनलाई कोसी अञ्चल अस्पतालमा भर्ना गरिएको छ । घटनालगत्तै उक्त स्थानमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएका टोलीले खोजतलास गर्दा सातवटा सुतली बमसमेत फेला पारेको छ । बरामद गरिएका बमलाई आजै अपराह्न नेपाली सेनाका बम डिष्पोजल टोलीले नष्ट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप