शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

तिलोत्तमा नेपालकै नमुना नगरपालिका बनाउन आग्रह

मङ्गलबार, ३० चैत २०७२, १५ : ०३
मङ्गलबार, ३० चैत २०७२

बुटवल– नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नयाँ वर्ष २०७३ लाई संविधान कार्यान्वयन र भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माणको वर्ष बनाउनुपर्ने बताएका छन् ।

तिलोत्तमा उद्योग वाणिज्य सङ्घले आज नयाँ वर्ष २०७३ का अवसरमा भलबारीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रममा उनले २०७२ सालमा जारी भएको संविधानका उपलब्धिलाई सँस्थागत गराउँदै मुलुकलाई समृद्ध बनाउन प्रमुख दलहरुको सहकार्यमा २०७३ सालमा संविधान कार्यान्वयन हुनुपर्ने बताए ।

पूर्वमन्त्री खाणले भूकम्पले मुलुकलाई ठूलो क्षति पु¥याएकाले पुनःनिर्माणको कार्यलाई तीव्रता दिएर पीडित जनतालाई राहत दिन ढिलाइ गर्न नहुने बताए ।

सांसद खाणले तिलोत्तमा नेपालकै नमुना नगरपालिका बनाउन नगरपालिका र उद्योग वाणिज्य सङ्घसहित अन्य सङ्घसंस्थालाई आग्रह गर्दै बसोबास, औद्योगिक, विद्यालय र कृषि क्षेत्र छुट्याएर अहिलेदेखि नै काम गर्नुपर्ने बताए ।

कार्यक्रममा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राजेन्द्र आचार्यले नगरपालिकाको विकासका लागि छिट्टै गुरु योजना बनाइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप