बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

खानेपानीको नेतृत्व चयनमा स्थानीय चुनावको झझल्को

सोमबार, २० वैशाख २०७३, १९ : ०६
सोमबार, २० वैशाख २०७३

उदयपुर – स्थानीय निकायको निर्वाचनको झझल्को दिने गरि यहाँ स्थित खानेपानी उपभोक्ता समितिको चुनाव सम्पन्न भएको छ । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा साना शहरी तथा सरसफाइ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा ठुला दुई दलले प्यानल नै खडा गरेर चुनामा प्रतिस्पर्धा गरे । प्रतिस्पर्धामा नेपाली काग्रेस र एमालेले आ आफ्नै प्यानल बनाई निर्वाचनमा एमाओवादीका स्थानीय नेताहरु काग्रेस र एमाले नेतृत्वको दुबै प्यानलबाट उम्मेदवारी दिएका थिए । खानेपानीको नेतृत्वमा नेपाली काग्रेस समर्थित अध्यक्षका उम्मेदवार शंकरकुमार बस्नेत पुन निर्वाचित बनेका छन । उनी २०५६ साल देखि निरन्तर उक्त उपभोक्ता समितिको नेतृत्वमा छन । आईतबार अबेर घोषित मतपरिणाम अनुसार उपभोक्ता समितिको शनिवार सम्पन्न निर्वाचनबाट अध्यक्षमा शंकरकुमार बस्नेत २ सय ९४ मत अन्तरले विजयी बनेका हुन । बस्नेतले ७ सय ६८ मत प्राप्त गरि विजयी भएका हुन, भने उनका निकतम प्रतिद्धन्दी युवराज राईले ४ सय ७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कुमार खड्काले जानकारी दिए । त्यसैगरी उपाध्यक्षमा ओमबहादुर खड्का, सचिवमा सन्तोष खड्का र कोषाध्यक्षमा किरण पाण्डे विजयी बनेका हुन् । समितिको सदस्यहरुमा आशा राई, कृष्ण कुमारी राई, भविन्द्र खत्री, सुपराज राई, रेवतीरमण गेलाल विजयी बनेको निर्वाचन समितिले जनाएको छ । समितिमा १ हजार ७ सय ९४ जना मतदाता संख्या रहेकोमा १ हजार २ सय ७१ मत खसेको मतदान अधिकृत जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकिय अधिकृत कुमारबहादुर खड्काले जानकारी दिए । सो निर्वाचनमा अध्यक्षका लागि २ उम्मेदवार, उपाध्यक्षका लागि २ उम्मेदवार, सचिवका लागि २ उम्मेदवार, कोषाध्यक्षका लागि ४ जना उम्मेदवार प्रतिस्पर्धा रहेको थियो । त्यसैगरी २ महिला सदस्यका लागि ४ उम्मेदवार र ३ खुल्ला सदस्यका लागि १० जनाले उम्मेदवारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप