छ उपसचिव सहसचिवमा बढुवा, आगलागीपीडितलाई सरकारले जस्तापाता दिने
सोमबार, २० वैशाख २०७३, २० : ४९
काठमाडौँ– मन्त्रिपरिषद्को बैठकले बैठकले छ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा हुने सहसचिवहरुमा गोविन्दप्रसाद रिजाल,झक्कप्रसाद आचार्य,नवराज ढकाल,नीता पोखरेल अर्याल ,उदयबहादुर रानामगर र गजेन्द्रकुमार ठाकुर छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले मुलुकका विभिन्न ठाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका घरधुरीलाई प्रतिघर परिवार दुई बन्डल (२६ गेजको) जस्तापाता उपलब्ध गराउने निर्णय समेत गरेको छ । गत मङ्सिर १ गतेपछिका आगलागीपीडितलाई सो राहत दिने निर्णय भएको हो ।
बैठकपछि उद्योगमन्त्री सोमप्रसाद पाण्डेले हालसम्म एक हजार ४०२ घर आगलागीबाट पूर्ण क्षति भएको जानकारी दिए । यसैगरी बैठकले मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
-
साना पार्टीभित्र ठुला विवाद, कसको अवस्था कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण