बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

भिजिट भिषामा क्यानाडा पठाउँछु भन्दै १८ जना ठगिए

सोमबार, २० वैशाख २०७३, २० : ०३
सोमबार, २० वैशाख २०७३

काठमाडौं – भिजिट भिषामा क्यानाडा पठाउछु भन्दै लाखौं रकम ठगी गर्ने एक कन्सल्टेन्सी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको प्रवल एजुकेसन कन्सल्टेन्सीका सञ्चालक डेन्जीन लामा रहेका छन् । काभ्रे जिल्ला घर भएका ३४ वर्षीय लामाले भिजिट भिषामा क्यानाडा पठाउने भन्दै धेरै जनासँग १०÷१५ लाख सम्म रकम उठाएर ठगी गर्ने गरेका थिए । लामाबाट ठगिएका रामेछाप घर हुने राजु श्रेष्ठ र देवेन्द्र सुनुवार दोलखा घर हुने विवेकराज कार्की,भक्तपुर घर हुने रमेश कुमार के.सी. प्रहरीको अपराध महाशाखामा उजुरी गर्न पुगेका थिए । उनीहरुबाट कन्सल्टेन्सीले भिजिट भिषाको लागि १५ लाखका दरले लाग्ने भनि प्रोसेसको लागि थप ५० हजार का दरले पैसा असुलेको थियो । उनीहरुबाट थप रकम लिनको लागि विश्वास दिलाउन नक्कली भिषा समेत दिएको प्रहरीले बताएको छ । महाशाखाबाट खटिएको विशेष टोलीले बसुन्धरास्थित उक्त कन्सल्टेन्सीको खानतलासी गर्दा ५ लाख सम्मका स्लीप काटी रकम उठाउने गरेको पाइएको थियो । त्यस्तै उक्त कन्सल्टेन्सी शिक्षा मन्त्रालयको शैक्षिक परामर्श केन्द्रमा दर्ता समेत नभई संचालन भएको पाइएको थियो । गैर कानुनी ढंगले संचालन भई ठगी कार्यमा संलग्न पाइएपछि हाल बसुन्धरा बस्ने लामालाई वैशाख १७ गते पक्राउ गरिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लामाले विभिन्न एजेन्ट मार्फत क्यानाडा जान चाहने व्यक्तिहरुलाई सम्पर्कमा ल्याउने एजेन्ट मार्फत १५ लाख उठाउने र एक जना क्यानेडियन नागरिकलाई दिल्लीमा राखेर उनीमार्फत भिजिट भिषा लगाई ठूलो मात्रामा रकम असुली गर्ने गरेको खुलासा भएको छ । अनुसन्धानबाट हालसम्म १४ जनालाई ठगी गरेको पाइएको छ । लामालाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप