पोखराको मौषममा आमूल परिवर्तन, मेडिकल पसलमा मानिसहरुको भीड
पोखरा–पोखराको मौषम दिन प्रतिदिन प्रदुषित बन्दै गएको छ । लामो समयसम्म पानी नपरेर यहाँका डाँडाँकाँडामा तुवालोले ढाकेपछि मौषम प्रदुषित बन्दै गएको हो । पोखराको उत्तरपट्टि रहेको माछापुच्छे, अन्नपूर्ण, नीलगिरी जस्ता लोभलाग्दा हिमालहरु यतिवेला तुवाँलोले ढपक्क ढाकिएका छन् । दिउसो पखपनि यहाँको आकासमा तुँवालोले घाम छेक्नेगरी ढाक्ने गरेको छ ।
चिसो हावा चल्ने र गर्मी वढेपछि बेलुका पख पानी पर्ने पोखराको मौषममा अहिले आमूल परिवर्तन भएको छ । यो मौषमका कारण मानिसहरु बाहिर हिँडडुल गर्न समस्या भएको छ । कतिपय मानिसहरुले तुवालोका कारण आँखा पोल्न थालेको बताएका छन् ।
पोखरामा यस्तो मौषम भएको मलाई थाहा थिएन, उमेरले चार बिसे काटेका पोखरा–५ का वयोवृद्ध भवानीप्रसाद अधिकारीले भने । पोखरामा मौषम विग्रएपछि यतिला मेडिकल पसलमा मानिसहरुको भीड लाग्ने गरको छ ।
विशेषगरी आँखा पोल्ने, रुखाखोकी र स्वास प्रस्वासजन्य समस्या देखा परेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । पोखराको मालेपाटनमा रहेको मोहन मेडिको फर्माका सञ्चालक मोहन कुमार कार्कीले गर्मीका कारण विरामीहरु बढ्दै गएको वताए । उनले यो बेला विरामी हुने बेला नै भएपनि पानी नपरेका कारण मौषम प्रदूषण हुँदा विरामीको संख्या वढ्न गएको प्रतिक्रिया दिएका छन् ।
विगत एकसाता यता पोखरामा दिउँसोपख मानिसहरु कमै मात्र बजारमा निस्कने गरेका छन् । पोखराको छोरेपाटनका ६० वर्षीय डम्बर शर्माले पोखरामा पानी नपरेपछि आँखा चिलाउने समस्या देखापरेको बताए ।
यता पोखराको जिरो किलोमिटर हरिचोक २९ मिटर चार लाईन सडक विस्तारको क्रममा सो बाटोमा धुलो उड्दा आसापासका पस्तीहरुमा धुलो पसेको छ । धुलोका कारण सो क्षेत्रमा दर्जनौँ मानिसहरु विरामी परेको स्थानीवासीले गुनासो गरेका छन् ।
पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ निमित्त कार्यकारी अधिकृत ओमराज पौडेलले प्रस्र्याङ जिरो किलोमिटर सडक निर्माण ढिलाइको कारण प्रदुषण बढेको बताए । उनले विकास निर्माणको काम पनि मानव स्वास्थ्य मैत्री हुनु पर्नेमा गर्मीको मौषममा खनिएका ढलको धुलो उडेर घर वस्ती र मानव स्वास्थ्यमा प्रवेश गरेको बताए ।
मौषम विज्ञान सहायक सरोज अधिकारीका अनुसार पोखरामा अझै केही दिन पानी पर्ने संकेत छैन । उनले पानी पार्ने वायु सक्रीय नहुँदा खडेरी वढेको वताए ।
पोखरामा सोमवार साँझ ५.३० वजेको तापक्रम ३१.६ डिग्री सेल्सियस रहेको हावापानी कार्यालयले जनाएको छ । पोखराको आईतवारको मौषम ३४.८ डिग्री सेल्सियस रहेको क्षेत्रीय हावापानी कार्यालय पोखराले जनाएको छ । आईतवारको तुलनामा तापक्रम केही घटेपनि पानी पर्ने संभावना निकै कम रहेको क्षेत्रीय हावापानी कार्यालय पोखराको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
-
साना पार्टीभित्र ठुला विवाद, कसको अवस्था कस्तो ?
-
बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण