बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पुननिर्माणमा सिमेन्ट उद्योगको भूमिका महत्वपूर्ण : राज्य मन्त्री

सोमबार, २० वैशाख २०७३, १९ : ०४
सोमबार, २० वैशाख २०७३

भैरहवा–ब्रिज सिमेन्ट उद्योग प्रालिले आफ्नो उत्पादनका बारेमा रुपन्देहीका इन्जिनियर तथा निर्माण व्यवसायीहरुसँग २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तरक्रियाको अन्तिम दिन आईतबार भूमिसुधार तथा राज्य व्यवस्था मन्त्री बिक्रम थापाले देश विकासमा सिमेन्ट उद्योगहरुको भूमिका अतुलनिय रहेको बताए । सरकारले गत बर्षको भूकम्पपछि हालै मात्र सुरु गरेको पुननिर्माणको काममा नेपालका सिमेन्ट उद्योगको भूमिका अति महत्वपूर्ण हुने भएकाले गुणस्तरीय उत्पादनमा सबै सिमेन्ट उद्योगले ध्यान दिनुपर्ने उनले बताए ।

‘पुनर्निर्माण कार्यसँगै अब देश विकासको अभिभारा नेपाली सिमेन्ट उद्योगहरुको काधमा आएको छ, सरकारले पनि स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्ने निती बनाउँदै आएको छ । नेपाली उद्योगहरुलाई कसरी हुन्छ अघि बढ्ने बाटो बनाउन सरकार तयार छ,’ मन्त्री थापाले भने ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले सरकारको स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्ने नीति रहँदै आएता पनि सिमेन्टको हकमा ओपिसी सिमेन्टमा ग्रेड नम्बर उल्लेख गर्न नपाउँदा सिमेन्ट उद्योगहरु मर्कामा परेको स्विकार गरे । जिल्ला प्राविधिक कार्यालय रुपन्देहीका प्रमुख इन्जिनियर पुष्कर प्रसाद पोखरेलले नेपालका सिमेन्ट उद्योगहरुको उत्पादन र गुणस्तर पछील्लो समय राम्रो भएको बताए । आम सर्बसाधारणलाई गुणस्तरको विषयमा उनिहरुले चाहेको समयमा स्थलमै गएर गुणस्तरका बारेमा उत्कृष्ट छ भन्ने प्रमाणित गर्न सक्ने गरी काम गर्नु पर्ने पोखरेलले सुझाब दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप