महिला राष्ट्रिय लिगको उपाधी पुलिसलाई
काठमाडौं–राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधी नेपाल प्रहरीले जितेको छ । पूर्वाञ्चल क्षेत्रीय टोलीलाई दुई एकले हराउँदै पुलिसले उपाधी जितेको हो ।
सुपर लिगको अन्तिम खेलमा सोमबार एन्फामा दुवै टिमबीच कडा प्रतिस्पर्धा भएको थियो । लिगको अन्तिम दिन तीनवटै विभागिय टोलीहरुले समान ६ अंक बटुलेका थिए ।
तर, प्रहरीले अन्य दुई विभागिय टोली एपीएफ र सेनालाई हेड टु हेडको आधारमा पछि पार्यो ।
तीन टोलीबीचको खेलमा पुलिसले सर्वाधिक ५ गोल गरेको थियो र ४ गोल खाएको थियो । यता आर्मीले ४ गोल गरेको थियो र ४ गोल नै खाएको थियो । एपीएफले ३ गोल गरेको थियो र ४ गोल खाएको थियो ।
यसरी तीन टोलीबीचको हेड टु हेडमा पुलिस राम्रो गोलअन्तरले अघि रह्यो । लिगमा आर्मी दोस्रो र एपीएफ तेस्रो भयो । पुलिसले उपाधीसँगै २ लाख रुपैयाँ समेत जितेको छ । त्यस्तै आर्मीले १ लाख रुपैयाँ हात पार्यो । लिगमा उत्कृष्टहरु गोलकिपर : लिला लाम्घाडे, नेपाली सेना डिफेन्स : घिमकुमारी गुरुङ , पुलिस मिडफिल्डर : अनिता बस्नेत, एपीएफ फरवार्ड : सावित्रा भन्डारी, एपीएफ प्रशिक्षक : सन्देश श्रेष्ठ, पुलिस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
-
साना पार्टीभित्र ठुला विवाद, कसको अवस्था कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण